नेपालमा गणतन्त्र आउनै सक्दैन भन्ने गणतन्त्र र संघीयताविरोधी नेता हुन् ओली: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेपाल-प्रचण्ड पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको आरोप लगाए।

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओली गणतन्त्र विरोधी मान्छे रहेको दाबी गरे। नेपालले भने,” उहाँ नेपालमा गणतन्त्र आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । उहाँ संघीयताको पनि विरोधी हो।”

आफूहरूबीच ४९ वर्षको सहकार्य रहेको जानकारी दिँदै माधव नेपालले तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे आफ्नो धारणा राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको समेत जिकिर गरे। “झलनाथजी, अमृत बोहराजी साक्षी हुनुहुन्छ, नेपालमा गणतन्त्र आउँदैन भन्ने नेता हो ओलीजी”, नेपालले भने।

प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति तानाशाही हुने गरेको उनको भनाइ थियो। ‘तानाशाहलाई कहिले पनि बैठक र समितिहरु मन पर्दैन’ नेपालले भने।

प्रकाशित : शुक्रबार, पुष १०, २०७७१५:५४

ओली गोमन साँप जस्तै हुन् : वरिष्ठ नेता खनाल