प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। यसअघि रिक्त पदमा ओलीले शुक्रबार विभिन्न मन्त्री नियुक्त गरेका हुन्।
नियुक्त हुनेहरुमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ भने टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिइएको हो। पर्यटन मन्त्रीमा मणि थापा नियुक्त हुँदा शिक्षामा दावा लामा र गौरीशंकर चौधरीलाई खानेपानी मन्त्रीमा नियुक्ति मिलेको हो।
नवनियुक्त मन्त्रीहरुले आजै सपध ग्रहण गर्ने तयारी छ।
संसद विघटनपछि प्रचण्ड-नेपाल पक्षका ७ मन्त्रीले राजिनामा दिएसँगै अहिले १८ जना मन्त्री र राज्यमन्त्रीहरु थिए। प्रचण्ड-नेपाल पक्षका घनश्याम भुसाल,गिरिराजमणी पोखरेल,योगेश भट्टराई,वर्षमान पुन,शक्ति बस्नेत,रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए।