बाबुरामको आरोप – “ओलीले सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार गर्न थाले”

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट उठाएर भट्टाभट मन्त्री बनाई मन्त्रीमण्डल विस्तार र पुनर्गठन गरेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार र पुनर्गठन गरेपछि भट्टराईले ट्वीट गर्दै सडकबाट उठाएर भट्टाभट मन्त्री बनाई मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कार्य भएको टिप्पणी गरेका हुन्। ओलीले गरेको मन्त्रीमण्डल विस्तार र पुनर्गठन कहाँको विधि र परम्परा हो भनेर भट्टराईले प्रश्न पनि गरेका छन्।

भट्टराईले ट्वीट गर्दै प्रश्न गरेका छन्,”आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने!यो कहाँको विधि र परम्परा हो?”

पूर्वराजाकै बाटोमा ओली पनि हिँडेको भट्टराईको आरोप छ। संविधान-लोकतन्त्रमाथि ओलीले खेलवाड गरिरहेको हुँदा चुप बस्दा मूर्ख सावित भइने पनि भट्टराईले ट्वीटमा उल्लेख गरेका छन्।

“यो कहाँको विधि र परम्परा हो?सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र?ज्ञानेन्द्रले गरेको यै हैन र?संविधान/लोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चूप बस्ने हामी कि ओली मूर्ख?”,भट्टराईले ट्वीटर मार्फत थप प्रश्न गरेका छन्।

प्रकाशित : शुक्रबार, पुष १०, २०७७२३:२३

अन्ततः १० महिना पछि खुल्ने भयो सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम !