चिसो भुइँमा बसेका प्रचण्ड/नेपाल माथि कमल थापाको व्यंग्य, सिकाए यस्तो पाठ !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेको कारण अहिलेको अवस्था आएको बताएका छन्।

विघटित संसद पुनर्स्थापनाको माग गर्दै सडकमा उत्रिएका नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल माथि लक्षित गर्दै थापाले ट्वीटर मार्फत यस्तो बताएका हुन्।

२०६३ साल पश्चात कांग्रेस तथा कम्युनिष्टहरुले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेकै कारण अपवाद बाहेक न्याय दुर्लभ भएको भएको थापाको टिप्पणी छ।

“२०६३ सालपछि कांग्रेस/कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ।”,थापाले ट्वीट गर्दै भनेका छन्।

‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ’ भनेझैं अहिले त्यस्तै भएको थापाको बुझाई छ। सडकको चिसो भुइँमा बसेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि यसको चेतना भयो होला भन्दै थापाले व्यंग्य पन गरेका छन्।

प्रदर्शनमा सहभागी प्रचण्ड र माधव नेपालको तस्विर सहित थापाले ट्वीटरमा लेखेका छन्,”अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला”

यस्तो छ थापाको ट्वीट –

२०६३ सालपछि कांग्रेस/कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ। अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला

प्रकाशित : शनिबार, पुष ११, २०७७०९:३२

वामदेवलाई फकाउने प्रचण्डको प्रयास असफल !