काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीम रावलले मन्त्रिपरिषद विस्तार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेपछि ट्वीटर मार्फत टिप्पणी गर्दै ओलीले संविधान र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका हुन्।
चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको नेता रावलको आरोप छ। नेता नेताले स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको पनि बताएका छन्।
ट्वीट गर्दै नेता नेपालले भनेका छन्,”देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेकाछन्।”