काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड-नेपाल पक्षलाई दोहोर्याएर चेतावनी दिएका छन्।
पोखरामा आयोजित एक कार्यक्रमका बीच धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड-नेपाल पक्षलाई चेतवानी दिए लगतै ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले चेतवानी दोहोर्याएका हुन्।
शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्ने क्रममा बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर-पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिए ।
देशभर रहेका आफूहरुको पार्टी कार्यालयमा आँखा नलगाउन प्रचण्ड-नेपाल पक्षलाई नेता बस्नेतको चेतवानी छ। पेरिसडाँडा कब्जा गर्ने सम्मका चेतवानी नेता बस्नेतले दिए।
“बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालय, ललितपुरमा आँखा नलगाउनुस्, देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौँ । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौँ । पेरिसडाँडा कब्जा गर्नसक्छौँ ।”,कडा रुपमा प्रस्तुत भएका बस्नेतले भने।
पूर्वमन्त्री समेत रहेका बस्नेतले पेरिस डाँडाको पार्टी कार्यालय आफूहरु नचिहिएको भन्दै बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजिए युवाहरु चुप नबस्ने बताए।
उनले भने,”हामीले पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौँ। प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजेमा युवाहरुले पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाइदिन्छन्”
साथै बस्नेतले आफ्नो पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिएका छन्। प्रचण्ड र माधव नेपालले गोलाकार भित्रको हसिँया हतौडा लिएर चुनाव लड्नुपर्ने उनको भनाई छ।
सूर्यमा आँखा नलगाउन प्रचण्डलाई बस्नेतको चेतवानी, ‘हसिँया हतौडा’ लिएर चुनाव लड्न चुनौती !