“२००७ सालका २ दर्जन रहेका क्रिश्चियन अहिले ४० लाख पुगे, धर्म/सभ्यतालाई नै सङ्कटमा पर्यो”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म/सभ्यता माथि आक्रमण भइरहेको बताएका छन्।

थापाले आइतबार बिहान एक ट्वीट गर्दै विभिन्न लोभलालच/भ्रम सिर्जना गरेर तथा संगठितरूपमा भैरहेको धर्मपरिवर्तनले सनातन धर्म/सभ्यतालाई नै सङ्कटमा पारेको बताएका हुन्। २००७ सालमा मात्रै २ दर्जन क्रिश्चियन भएको नेपालमा अहिले आइपुग्दा त्यो संख्या बढेर ४० लाख पुगेको थापाको भनाई छ।

“कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर,बि.सं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ ।हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथीको यो आक्रमणले असह्य पिडा हुन्छ।के तपाईको मन दुःख्दैन?”,थापाले ट्वीट गर्दै प्रश्न गरेका छन्।

धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी/जनजाति/दलित समुदाय परेका पनि थापाले ट्वीटरमा उल्लेख गरेका छन्। पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरूले नै आदिवासी/जनजाति/दलित समुदायको पहिचान मेटाउने काम गरेको थापाको आरोप छ। डलरसंग राष्ट्रको पहिचान/गौरव बेच्ने कार्य भइरहेको भन्दै थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्न सबैमा आह्वान समेत गरेका छन्।

“धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्। पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन्।यिनले बिदेशीले दिने डलरसंग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्। सनातन धर्म संस्कृतिको रक्षा गरौं।”,थापाको आह्वान छ।

प्रकाशित : आइतबार, पुष १२, २०७७११:२८

“ओली-ज्ञानेन्द्र बीच गोप्य सम्झौता, ओलीले राजतन्त्र फर्काउन सक्छन्”