“ओली-ज्ञानेन्द्र बीच गोप्य सम्झौता, ओलीले राजतन्त्र फर्काउन सक्छन्”

काठमाडौँ – नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।

भारतकाे अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’का लागि एक लेख लेख्दै नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नकार्न नसकिने बताएका हुन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भएपश्चात विकसित घटनाक्रमहरुले नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावना बढाएको उनको विश्लेषण छ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाह बीच राजसंस्था पुनःस्थापना गर्ने विषयमा गोप्य सम्झौता भएको हुन सक्ने समेत उनले आशंका व्यक्त गरेका छन्।

राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछिले त्यस्तो आशंका उब्जाएको उनको भनाई छ।

“राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएको हुन सक्ने देखिन्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।”,राजसंस्था पुनःस्थापनाको विषयमा पुरीले लेखमा उल्लेख गरेका छन्। पुरीको विश्लेषण अनुसार ओलीले पहिले पनि सांस्कृतिक राजाका पक्षमा रहेका छन्।

संसद विघटन गरेपछि प्रधानमन्त्री ओली माथि व्यवस्था माथि नै प्रहार गरेको आरोप लाग्ने गरेको छ। नेपाली कांग्रेस लगायतका नेताहरुले ओली गणतन्त्र र संविधान विरोधी रहेको बताउने गरेका छन्।

प्रकाशित : आइतबार, पुष १२, २०७७१२:०९

कोरोनो भाइरसको नयाँ संक्रमण विभिन्न देशमा पुगेको पुष्टि, लेबनानमा पनि भेटियो !