पत्थरी हुँदा के खाने के नखाने ? जान्नुहोस् लक्षण र उपाय !

पत्थरी हुनु अहिलेको समयमा सामान्य समस्या हो। गलत खान-पान र जरुरतभन्दा कम पानी पिउनु किडनीको पत्थरीको कारण हो । पत्थरी कैयौँ कारणले गर्दा हुन्छ जस्तै गलत जीवनशैली, सफा खानेकुरा र सफा चीज नखानु आदि । कैयौँ  मान्छेमा पत्थरी हुन्छ र बिना समस्या पनि जान्छ तर यदि पत्थरीको समस्या बढ्यो भने पिसाब आउन रुकावट पैदा हुन्छ। यस्तैमा  पिसाब आउन असहनीय पीडा हुन्छ। यस समस्याबाट बच्नको लागि संकेतहरु चिन्न जरुरी रहेको छ। साथै किडनी स्टोनको कारण के हो र यसको उपाय के हो त्यो जान्न निकै जरूरी रहेको छ।

किडनी स्टोनको लक्षण

– पेटमा असहनीय दुखाई

– दुखाई पटक पटक बढ्ने-घट्ने हुनु

– पिसाबमा रगत आउनु

– उल्टी वा उल्टी आउन लाग्नु

– पिसाब गर्दा जलनको आभास हुनु

गहुँको घासको जुस

गहुँको घासको जुसमा यस्तो तत्व हुन्छ जुन यूरिनको प्रोडक्शनमा मदत्त गर्छ। यसले मृगौलामा रहेको पत्थरी सजिलै  यूरिन मार्फत निक्लिन्छ। गहुँको घासमा एन्टी-अक्सिडेन्ट्स हुन्छ जसले युरिनरी ट्रयाक्टमा रहेको क्याल्शियम डिपोजिट्सलाई खतम गर्न मदत्त गर्छ।

तुलसी

तुलसीको पातमा केहि यस्तो तत्व हुन्छ जुनले यूरिक एसिडको स्तर स्थिर गर्छ। यसकारण किडनी स्टोन बन्न सक्दैन। त्यस्तै बाबरीमा ऐसिटिक एसिड पनि हुन्छ जसले किडनी स्टोन्सलाई घुल्न र खत्तम गर्न सहयोग गर्छ। सधैँ एक चम्चा तुलसीको जूस पिउनाले किडनीको पत्थरी जान्छ ।

कागतीको जुस

कागतीमा पाईने साइट्रेट नामको तत्वले क्याल्शियम डिपोजिटलाई ब्रेक गर्न मदत्त गर्छ र पत्थरी वृद्दिको प्रक्रियालाई कम गर्छ । सधैँ खाना खाएपछि कागतीको जुस पिउन सक्नुहुन्छ वा नियमित डाइटमा पनि राख्न सक्नुहुन्छ।

प्रकाशित : आइतबार, पुष १२, २०७७१४:४५

दैनिक खानुहोस् एउटा ल्वांग, मिल्नेछ यस्ता चमत्कारिक फाइदा !