काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन्।

आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरूसँग कुराकानी गर्दै ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका हुन्।
मन्त्री ढकालले अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने नाममा स्वाभिमान र इमानलाई बन्धक नराख्ने स्पष्ट पारे। आफ्नो राजनीतिक उद्देश्य जनताको सेवा रहेको उनको भनाई छ।
“स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैन। जति सक्छु म सेवामा समर्पित हुन्छु। जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ”,उनले भने। राज्य दोहन गरेर राज्यबाट के पाउँछु भन्ने कुरा भन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने उनको भनाई छ।

“राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुरा भन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत भएर सोचौं।”,उनले कर्मचारी सामू भने।
पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदनामीहरूले राम्रो नगरेको पनि मन्त्री ढकालले बताए। तारागाउँ समितिको पनि आफ्नै महत्व भएको तर त्यस भित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने मन्त्री ढकालको भनाई छ।

