ओली पक्ष र प्रचण्ड-नेपाल पक्ष बीच झडप !

तस्बिर : होम योगी/कञ्चनपुर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विभाजन स्थानीय तह सम्म पुगेको छ। ओली पक्ष र प्रचण्ड-माधव नेपाल पक्ष बीच चुनाव चिन्ह मात्र नभई पार्टी कार्यालयलाई लिएर पनि विवाद बढेको छ। पछिल्ला केहि दिन देखि दुवै पक्षले जिल्लाका पार्टी कार्यालयहरु कब्जा गर्ने कार्य गरिरहेका छन्।

यसरी दुवै पक्ष पार्टी कार्यालय कब्जा गर्न उत्रिएपछि यति बेला देशभर तनावको स्थिति छ। देशका केहि ठाउँमा दुवै पक्ष पार्टी कार्यालयलाई लिएर आमने सामने भएको अवस्था समेत छ।

यसै बीच आइतबार पार्टी कार्यालयकै कारण कञ्चनपुरमा नेकपाका २ समूहबीच हात हालाहल भएको छ। नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो।

नेकपाको कञ्चनपुर पार्टी कार्यालयमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले ताला लगाइदिएपछि विवाद बढेको छ। दाहाल-नेपाल समूहले आइतबार जिल्ला कमिटीको विस्तारित बैठक आह्वान गरेपछि ओली समूहले कार्यालयमा ताला लगाइदिएको थियो। जसपश्चात दुई पक्ष बीच झडप समेत भएको छ।

प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गर्दा दुई पक्षबीच झडप भएपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरेको छ।

अहिले पार्टी कार्यालयमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

प्रकाशित : आइतबार, पुष १२, २०७७१४:२३

“परिणाममुखी काम गरेर देखाउँछु”