आज हुँदैछ शनि अस्त, कस्तो रहला यसको प्रभाव ? कोरोना महामारीमा पनि गर्न सक्छ असर !

न्यायका देवता शनिदेवको ज्योतिषमा विशेष महत्त्व छ। यस्तो अवस्थामा शनिको कुनै पनि परिवर्तनले देश विदेशका साथै व्यक्तिको जीवनमा पनि विशेष प्रभाव पार्छ। त्यसैले, शनिको कुनै पनि चालहरुमा ज्योतिषको विशेष नजर रहन्छ।

यसैबीच, २७ डिसेम्बर अर्थात् आज शनि अस्त हुँदैछ। यस्तोमा, ज्योतिषीहरूका अनुसार यसले शनिको प्रभावलाई कम गर्नेछ। ज्योतिष शास्त्रका अनुसार शनिको गोचरको अवधि सबैभन्दा लामो हुन्छ। शनि एक राशिमा साढे दुई वर्ष अवस्थित रहन्छ। शनिको गोचरले मानव जीवनमा गहिरो प्रभाव पार्छ। भनिन्छ कि शनिको अस्तको कारण संसारमा विभिन्न परिवर्तनहरू हुनेछन्।

शनिको अस्तको प्रभाव 

शनिको अस्तलाई निकै महत्वपूर्ण मानिन्छ किनकि जब शनि ग्रह अस्त हुन्छ, प्रकृतिमा ठूला परिवर्तनहरू हुन्छन् र शासनको अवस्थामा पनि परिवर्तनको सम्भावना हुन्छ। यसको कारण यो हो कि शनि न्यायप्रेमी र कर्म-बहुल ग्रह हो, त्यसैले श्रमशील व्यक्तिहरूको लागि आफ्नो कुण्डलीमा शनि मजबूत हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ।

जसको कुण्डलीमा शनि अस्तको स्थितिमा हुन्छ, उनीहरूलाई रोजगारको क्षेत्रमा अधिक कष्टदायक महसुस हुन्छ। यस बाहेक, सेवाको क्षेत्र र न्यायको क्षेत्रमा शनिले अनुकूल नतिजा दिँदैन। यदि शनि तपाईको मुख्य ग्रह हो र यो अस्त भयो भने यस्तो अवस्थामा तपाईंले धेरै प्रकारका चुनौतीहरूको सामना गर्नुपर्नेछ, विशेषगरी तपाईंको स्वास्थ्य र कर्मलाई प्रभाव पार्छ।

यदि शनि ग्रह तपाईंको लागि अनुकूल छ भने यसलाई बलियो बनाउनको लागि नीलमणि रत्न धारण गर्नु आवश्यक हुन्छ। तर यदि शनि ग्रह तपाईंको लागि शुभ छैन भने यस्तो अवस्थामा शनिको मन्त्र “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” जप गर्नुपर्छ। यसो गर्नाले शनिको अशुभ प्रभाव कम हुन्छ।

कोरोना महामारीमा यसको असर 

ज्योतिषीहरूका अनुसार शनि, राहु र केतुको परिवर्तनका कारण संसारमा कोरोना महामारी आएको थियो। ज्योतिष विज्ञहरूका अनुसार कोविड १९ को सुरुवात, यसको प्रकोपको गति र नियन्त्रण, यी सबै ग्रहहरूको चाल र यिनीहरुको विभिन्न राशिमा गोचरमा निर्भर छ।

ज्योतिषीहरूका अनुसार सम्पूर्ण विश्वमा कोरोना भाइरसको प्रकोपको अन्त्य अब शनि अस्तका साथ हुनसक्छ। यसअघि, २०१९ मा कर्मको आधारमा न्यायका स्वामी शनि धनु राशिमा अवस्थित थिए। त्यसपछि, २०२० जनावरी २४ मा मकर राशिमा प्रवेश गरेको थिए। हाल शनि मकर राशिमा अवस्थित छ।

प्रकाशित : आइतबार, पुष १२, २०७७१६:३९

२०२१ भर यी राशिमा राहुको प्रभाव, जान्नुहोस् सबै राशिमा यसको प्रभाव !