बार्सिलोना मेरो जीवन हो : मेस्सी

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनालाई आफ्नो जीवन हो भन्दै उनले क्लब छाड्ने चर्चामा कम्तिमा अहिलेको लागि ताला लगाइदिएका छन्।

गत सिजनको अन्त्यमा क्याम्प नाउ छाड्न असफल रहेका मेस्सीको नाम अझै पनि म्यानचेस्टर सिटी र पीएसजीसँग बारम्बार जोडिन्छ।बार्सिलोनासँग मेस्सीको हालको सम्झौता जारी सीजनको अन्त्यमा समाप्त हुने र क्लबले हाल वित्तीय समस्याहरू सामना गरिरहेको कारण बार्साले मेस्सीलाई युरोपका अन्य क्लबहरुको जत्तिकै प्रस्ताव गर्न असमर्थ रहने देखिन्छ।

तर क्लबका कप्तानले भने गत सिजन जे भएतापनि आफ्नो लागि क्लबको महत्व धेरै रहेको बताउँछन्। “म सबै कुराको लागि माफी चाहन्छु। मैले सँधै भनेको छु कि बार्सिलोना मेरो जीवन हो। म आफू १३ वर्षको हुँदादेखि यहाँ छु, म बार्सिलोनामा अर्जेन्टिनामा भन्दा धेरै समय बसेको छु र मैले सबै कुरा यहिं सेकिको छु। क्लबले मलाई खेलाडीको रूपमा प्रशिक्षण दियो,” मेस्सीले ला सेक्स्टालाई भने।

“सत्य यो हो कि अहिले मा ठिक छु। यो सहि हो कि गत समरमा मैले निकै कठिन समयको सामना गरे”, मेस्सीले भने,”समर भन्दा पहिले के भयो, कसरी सिजन समाप्त भयो, बुरोफ्याक्स र ती सबैको कारण यस सिजनको सुरुमा मलाई निकै असर गर्यो।”

मेस्सीले थपे,”तर आज म ठिक छु र भविष्यमा आउने सबै कुराको लागि गम्भीरतापूर्वक लड्न तयार छु, म उत्साहित छु।”

“मलाई थाहा छ कि क्लब कठिन समयबाट गुज्रिरहेको छ, क्लब स्तर र बार्सिलोनाको वरिपरिको सबै कुरा, तर म भविष्यको बारेमा सोच्दै छु”, उनले भने।

हाल क्लबको ड्युटीबाट टाढा बिदामा रहेका मेस्सीले बार्सिलोनासँग आफ्नो अर्को चरणको बारेमा सबै विषयमा छलफल गर्न इच्छुक रहेको समेत बताए। उनले स्पष्ट पारे कि क्लबका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमाउले गत सिजन उनको परिस्थिति जसरि सम्हाले त्यसबाट उनी खुशी छैनन्।

प्रकाशित : सोमबार, पुष १३, २०७७१९:५५

रोनाल्डो फुटबल जगतकै उत्कृष्ट हुन् : मेस्सी