ओलीसँग मिल्न चिनियाँ विशेष टोलीको सुझाव, प्रचण्डको यस्तो जवाफ !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विभाजन देखिएपछि चीनबाट आएको विशेष टोलिले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अगाडी बढ्न सुझाव दिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको टोलिले प्रचण्डसँग सोमबार भेट गर्दै पार्टीलाई एक बनाएर अगाडी बढ्न सुझाव दिएको हो।

प्रचण्ड निवास खुमलटार पुगेको चिनियाँ टोलिले नेकपा (ओली पक्ष) का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर पार्टीलाई अगाडी बढाउन सुझाव दिएको खुमलटार निकट श्रोतले जनाएको छ।

खुमलटार श्रोतका अनुसार चिनियाँ टोलिले पार्टी एकतामा जोड थियो। करिब साढे ९ बजे खुमलटार पुगेको चिनियाँ टोलीले दाहालसँग करिब ४५ मिनेट वार्ता गरेको बताइएको छ।

चिनियाँ टोलिले दिएको सुझावको जवाफमा अध्यक्ष प्रचण्डले ओली सच्चिएमा आफू मिलेर अघि बढ्नको लागि तयार रहेको बताएका थिए। प्रचण्डले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिने पर्ने अडान चिनियाँ टोली समक्ष राखेको बुझिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुगेको चार सदस्यीय टोली सोमबार बिहानै देखि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छ।

उक्त टोलिले सोमबार नेकपा(प्रचण्ड-नेपाल)पक्षका माधव कुमार नेपाल, झलनाथ खनाल लगायतलाई भेटिसकेको छ भने आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग उक्त टोलिले भेटघाट गरेको थियो।

 

प्रकाशित : सोमबार, पुष १३, २०७७१७:४१

९ जना प्रहरी अधिकारी डिआईजी बढुवाका लागि सिफारिस ! को-को ? [सूची सहित]