आउँदो नयाँ वर्ष उज्ज्वल बनाउनको लागि यी उपायका साथ गर्नुहोस् ग्रह शान्ति, मिल्नेछ लाभ नै लाभ !

यदि तपाईं आफ्नो नयाँ वर्ष उज्जवल र भाग्यशाली बनाउन चाहानुहुन्छ भने ग्रह शान्तिको लागि उपायहरू गर्नु उत्तम हुन्छ। ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको चालले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। यस्तो अवस्थामा यदि ग्रहहरूको चाल शुभ छ भने मूल निवासीहरूले यसको शुभ परिणामहरू प्राप्त गर्छन् र अशुभ छ भने अशुभ परिणामहरू प्राप्त हुन्छ।

ज्योतिष शास्त्रमा नौ ग्रहहरूको शान्तिको लागि उपायहरू दिइएका छन् जुन निम्न अनुसार छन्:

कुण्डलीमा सूर्य ग्रह मजबूत गर्न

सूर्यदेवको शुभता बढाउन र अशुभ परिणाम हटाउन कहिल्यै झूट नबोल्नुहोस्। यो उपाय गरेर सूर्यसँग सम्बन्धी दोषहरू हटाइने छ र शुभ परिणाम प्राप्त गर्न सकिन्छ।

चन्द्र ग्रह शान्त पर्नको लागि 

चन्द्र देवको शुभता र चन्द्र सम्बन्धि अशुभ प्रभाव हटाउनको लागि जतिसक्दो सफाईमा ध्यान दिनुहोस्। तपाईंको वरपर मात्र सफाई हैन तर आफू पनि सफा रहनुहोस् र सफा लुगा लगाउनुहोस्। यो उपाय गर्नाले पक्कै पनि चन्द्र देवको आशीर्वाद प्राप्त हुनेछ। आमाको सेवा गर्दा पनि चन्द्र ग्रह मजबूत हुन्छ।

मंगल ग्रह शान्तिको लागि 

मंगल ग्रह सूर्यको सेनापति मानिन्छ। मंगल ग्रहको कृपाको लागि आइतबार गहुँको पिठोमा सखर मिलाएर खानुहोस् र अरूलाई पनि खुवाउनुहोस्। यो उपाय गर्नाले मंगल ग्रह प्रशन्न हुनेछ।

बुध ग्रहको लागि गर्नुहोस् यस्तो उपाय 

बुधको रंग हरियो हो। यो शारीरिक रूपमा कमजोर र बौद्धिक रूपमा नौ ग्रहहरूमा सबैभन्दा अगाडि छ। बुध ग्रहको शुभता पाउन र बुध दोष हटाउनको लागि गाईलाई हरियो घाँस खुवाउनुहोस्।

बृहस्पतिको कृपा प्राप्त गर्नको लागि 

बृहस्पतिलाई प्रशन्न पार्नको लागि सुँगालाई चनाको दाल खुवाउनु उत्तम उपाय हुन्छ किनकि सुँगा बुध ग्रहको प्रतिक हो र चनाको दाल बृहस्पतिको। यसो गर्नाले बृहस्पतिको शुभता पाउनुका साथै ग्रह दोष पनि हटाउन सकिन्छ।

शुक्र दोष हटाउनको लागि 

यदि तपाईं शुक्र ग्रहको दोषबाट पीडित हुनुहुन्छ भने तपाईंले गाईलाई रोटी खुवाउनु पर्छ। यो उपाय गर्नाले शुक्र ग्रह प्रशन्न हुन्छ।

शनिलाई प्रशन्न पार्न 

शनि न्यायको देवता हुन्। श्रम पुजारी हो। यस्तो अवस्थामा यदि हामीले परिश्रम गर्ने व्यक्तिलाई तन,मन र धनले सम्मान गर्‍यौं भने शनिदेव प्रशन्न हुन्छन्। शनिको कृपाका साथ ती सबै दोषहरू हटाइने छ, जसको कारणले तपाईंले विभिन्न समस्याको सामना गर्दै हुनुहुन्छ।

राहुको लागि उपाय 

राहू छाया ग्रह हो, जुन भोग दिनाले शान्त हुन्छ। यस्तोमा यदि तपाईंले कुष्ठ रोगी, गरीब मानिस, सफाई कर्मचारी आदिलाई भोजन दिनुहुन्छ भने राहु प्रशन्न हुन्छन्। यस भोजमा तपाईं गरिब व्यक्तिलाई ठूला आकारका घिउमा बनाएको पूरी, सखर हालेको हलवा, आलु आदि समावेश गर्न सक्नुहुन्छ।

केतुलाई शान्त पार्ने उपाय 

केतु ग्रहको दोषका कारण व्यक्ति प्राय: भ्रमको सिकार हुन्छ। जसका कारण उनले धेरै समस्याहरूको सामना गर्नु पर्छ। केतुको प्रतिकूल प्रभावबाट बच्न सर्वप्रथम तपाईं आफ्ना अग्रजको सेवा गर्न थाल्नुहोस्। कुकुरलाई मीठो रोटी पनि दिनुहोस्।

प्रकाशित : मङ्गलबार, पुष १४, २०७७१६:०७

२०२१ भर यी ५ राशिलाई धेरै शुभ !