कपालको राम्रोसँग हेरचाह नगर्नाले कपालमा जुम्रा तथा लिखा पर्ने समस्या देखा पर्न सक्छ। टाउकोमा जुम्रा परेको सबैभन्दा सामान्य लक्षण भनेको टाउको चिलाउनु र टाउकोमा रातो दाग देखिनु हो। एकपल्ट टाउकोमा जुम्रा परेपछि तिनीहरू टाउकोमा धेरै छिटो फैलिन्छन्।
त्यसैले केहि दिनमै टाउकोबाट जुम्रा हटाउन गार्हो हुन्छ। कसरी प्राकृतिक तरीकाले टाउकोको जुँगा हटाउन सकिन्छ त ? जान्नुहोस्….
प्याजको रस
प्याजको गन्ध धेरै घरेलु उपचारहरूमा प्रयोग गरिन्छ। यसै तरीकाले यसले जुम्रा पनि हटाउन सक्छ।
सामग्री
एउटा प्याज
एउटा काइयो
विधि
प्याजलाई पीस्नुहोस् र यसलाई एउटा कपडामा हालेर निचोरेर यसको रस निकाल्नुहोस्। यो रस टाउकोमा लगाउनुहोस् र मालिश गर्नुहोस्। यो तपाईंको कपालको जरामा जानु पर्छ। त्यसपछि, सावर क्याप लगाउनुहोस् र तातो पानीले कपाल धुनुहोस्। अब कपालमा काइयो लगाउनुहोस् र जुम्रा निकाल्नुहोस्। यो उपाय हप्तामा दुई पटक प्रयोग गर्नुहोस्।
कागतीको रस
कागती एक प्राकृतिक कीटाणुनाशक हो। जसले कपालमा भएका जुम्रा हटाउन मद्दत गर्छ।
सामग्री
एउटा कागती
विधि
एउटा कागती काटेर त्यसको रस निकाल्नुहोस् रेया सिधै टाउकोमा लगाउनुहोस्। त्यसपछि, सावर क्याप लगाउनुहोस् र एक घण्टासम्म त्यत्तिकै बस्नुहोस्। अब काइयोको मद्दतले टाउकोको जुम्रा हटाउनुहोस्। यो विधि हप्तामा दुई पटक गर्नुहोस्।
लसुन र कागतीको पेस्ट
सामग्री
१०-१२ दाना लसुन
३ चम्चा कागतीको रस
विधि
लसुन र कागतीको रसको पेस्ट तयार पार्नुहोस्। यसलाई कपालमा लगाउनुहोस् र एक घण्टापछि तातो पानीले कपाल धुनुहोस्।
नुन र भिनेगर
यसले डिहाईड्रेसन प्रक्रियाद्वारा टाउकोबाट जुम्रा हटाउँछ। भेनेगरले लिखा पनि हटाउँछ।
सामग्री
१/४ कप नुन
१/४ कप भेनेगर
विधि
नुन र भेनेगरको पेस्ट तयार पार्नुहोस् र टाउकोमा लगाउनुहोस्। त्यसपछि, सावर क्याप लगाउनुहोस् र दुई घण्टासम्म त्यत्तिकै बस्नुहोस्। त्यसपछि, कपालमा श्याम्पू गर्नुहोस् र कण्डीसनर प्रयोग गर्नुहोस्।
नीमको तेल
नीमले जुम्राको औषधीको रूपमा विशेष तरिकाले काम गर्छ। निमको पातहरू पीसेर यसको रस निकाल्नुहोस्। यो रस राम्रोसँग कपालमा लगाउँदा कपालबाट जुम्रा हट्छ। त्यस्तै, नीमको तेल पनि जुम्रा हटाउन कारगर साबित हुन्छ।
सामग्री
२० मिली नीम तेल
६० मिली नरिवल तेल
विधि
दुबै तेल मिसाएर यसलाई हल्का तताउनुहोस् र टाउकोमा लगाउनुहोस्। त्यसपछि, सावर क्याप लगाउनुहोस्। ४ घण्टापछि काइयोको मद्दतले जुम्रा निकाल्नुहोस् र श्याम्पू गर्नुहोस्। यो विधि हप्तामा ३ पटक गर्नुहोस्।