यी ४ मामलामा पुरुष भन्दा धेरै अगाडी हुन्छन् महिला !

आचार्य चाणक्य एक महान नीति निर्माता थिए। उनीसँग कूटनीति र राजनीतिको गहन समझ थियो। उनले अर्थशास्त्र जस्तो महान पुस्तक लेखेका थिए। उनलाई कौटिल्य पनि भनिन्थ्यो। उनले नैतिक जीवनमा मानिसको जीवनसँग सम्बन्धित धेरै महत्त्वपूर्ण चीजहरू दिएका छन् जसले व्यक्तिलाई जीवनमा सफल हुनको लागि प्रोत्साहित गर्छ। चाणक्य नीतिको एक पदमा, आचार्य चाणक्यले चार मामलामा महिलाहरु पुरुष भन्दा अघि रहेको बताएका छन्।

त्रीणां दि्वगुण आहारो बुदि्धस्तासां चतुर्गुणा।
साहसं षड्गुणं चैव कामोष्टगुण उच्यते।।

भोक

आचार्य चाणक्यका अनुसार खानाको सन्दर्भमा महिला पुरुषभन्दा अगाडि छन। श्लोकको ‘स्त्रीणां दि्वगुण आहारो’ महिलाको भोकसँग सम्बन्धित छ। पदमा, चाणक्य भन्छन् कि महिलाहरु लाई पुरुषहरु भन्दा दुई गुणा बढी भोक लाग्छ। वास्तवमा महिलालाई पुरुषहरू भन्दा बढी उर्जा चाहिन्छ। त्यसैले, उनीहरुलाई बढी भोक लाग्छ।

बुद्धि

चाणक्य नीतिको श्लोकमा बुदि्धस्तासां चतुर्गुणा ले महिलाको बौद्धिक क्षमतालाई जनाउँछ। वास्तवमा चाणक्य नीति अनुसार महिलामा पुरुष भन्दा चार गुणा बढी बौद्धिक क्षमता हुन्छ। महिलाहरु पुरुषभन्दा चलाख र समझदार हुन्छन्।

साहस 

साहसं षड्गुणं मतलब शारीरिक रूपमा पुरुष भन्दा कम बल भएपनि साहसको मामलामा महिलाहरु पुरुष भन्दा साहसी हुन्छन्। किनकि महिलामा पुरुष भन्दा छ गुणा बढी हिम्मत हुन्छ।

कामुकता 

आचार्य चाणक्य श्लोकाका महिलाका लागि भन्छन्, कामोष्टगुण अर्थात् महिलामा कामुकता पुरुषको भन्दा आठ गुणा बढी हुन्छ। यस मामलामा महिलाहरु पुरुष भन्दा धेरै गुणा अगाडि हुन्छन्।

प्रकाशित : मङ्गलबार, पुष १४, २०७७१५:५७

साँचो प्रेम गर्छन् यी ५ राशिका मानिस, प्रेमी प्रति सधैं रहन्छन् वफादार !