अब नेपाली जनताले सडक नछाड्ने योगेश भट्टराईको दावी !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म जनताले सडक नछाड्ने दावी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको प्रदर्शनका क्रममा मंगलबार भट्टराईले यस्तो बताएका हुन्।

काठमाडौंको भृकुटी मण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधानमाथि ‘कू’ गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, प्रतिगामी र प्रतिक्रान्तिकारी कदमविरुद्ध सडकमा आउन आफूहरु बाध्य भएको बताए।

तिनिधिसभा पुनःस्थापना नभएसम्म आफूहरु सडक नछाड्ने उनको भनाई छ। उनले भने, “जुन दिनसम्म प्रतिनिधिसभा पुन:स्थापित हुँदैन तबसम्म नेपाली जनताले सडक छोड्ने छैनन।”

यस्तै भट्टराईले ओली विरुद्ध आफूहरुले शुरु गरेको अभियानमा साथ र सहयोग दिन नागरिक समाजसँग आग्रह पनि गरेका छन्। मुलुकलाई सही दिशामा लानुपर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको भट्टराईको दावी छ।

प्रकाशित : मङ्गलबार, पुष १४, २०७७१५:२५

ओली र ज्ञानेन्द्र एकै रहेछन् भन्दै माधव कुमार नेपालले गरे यस्तो खुलासा !