बार्सिलोनाका पूर्व प्रशिक्षक किके सिटेनले आफू फेरी बार्सिलोना फर्कन तयार रहेको बताएका छन्। क्लबको प्रशिक्षकका रूपमा असाधारण अनुभव लिएका सिटेन आफू बार्सिलोना फर्किन तयार रहने कुरामा जोड दिए।
यसै वर्षको जनावरीमा बार्सिलोनाका प्रशिक्षकका रूपमा अनुबन्ध भएका किकेको प्रशिक्षणमा बार्सिलोनाले गत सिजन कुनै पनि उपाधि जित्न सकेन। उनकै प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्यन म्युनिखसँग ८-२ गोलको फराकिलो हार व्यहोर्न बाध्य भयो।
६२ वर्षीय किके सिटेनले बार्सिलोनामा आफ्नो अनुभव बारे कुरा गर्दै भविष्यमा ब्लाउग्रानामा फर्कने इच्छा व्यक्त गरे। “अनुभव असाधारण थियो,” सिटेनले मार्का मार्फत भने।
“यो सत्य हो कि हामीले सोचे जस्तो सफलता प्राप्त गरेनौं र त्यो भ्रमको साथमा म शुरूदेखि नै गएँ। “पक्कै पनि म बार्सिलोनामा फर्कन चाहन्छु”, सिटेनले भने।
पूर्व रियल बेटिस र लस पाल्मास कोचले आफूलाई बार्सिलोनाबाट बर्खास्त भएपछि केहि समय चाहिएको पनि बताए। “बार्सिलोनामा जे भयो मा त्यो घटनाबाट बाहिर निस्कीसकें”, सिटेन भन्छन्।
बार्सिलोनाबाट अगस्टमा बर्खास्त भएपछि सिटेन जागिर बिना नै छन्।