काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका प्रभावशाली नेता भीम रावलले राष्ट्रघाती एमसीसी सम्झौता पास गर्नैको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको प्रदर्शनलाई सम्बोधन गर्नेक्रममा रावलले एमसीसी सम्झौता पास गर्नैको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाएका हुन्।
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता रावलले युवराज खतिवडाले गोप्य रुपमा गरेको राष्ट्रघाती एमसीसी पास गर्नको लागि ओलीले संसद विघटन गरेको आरोप लगाए।
“युवराज खतिवडाले गोप्य रुपमा गरेको राष्ट्रघाती एमसीसी पास गर्न सजिलो होस् भनेर केपी ओलीले प्रतिनिधि सभाको विघटन गर्नुभएको छ।”,नेता रावलले भने।
नेपालको धर्ती विदेशीको अधिनमा पुर्याउने राष्ट्रघाती एमसीसी पास गराउन ओली सकेको जे पनि गर्ने अवस्थामा पुगेको नेता रावलले बताए। ओलीको कदमकै कारण नेपाली जनताले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउन लागेको उनको आरोप छ। पुर्खाले बचाएको यो देशको स्वाधिनता केपी ओलीले बेच्न खोजेको आरोप पनि रावलले ओली माथि लगाए।
“नेपालको धर्ती विदेशीको अधिनमा पुर्याउने, प्रसारण लाइनको नाममा अनिश्चित कालसम्म कब्जा गरेर विदेशीले हाम्रो बारेमा गुप्तचर गरेर, हामीलाई नै घात गर्ने एमसीसी सम्झौता पास गर्ने रणनीतिमा ओली छन्।”,उनले भने,”अब नेपाली जनताले हाम्रो यहाँको कानुन हैन अमेरीकाको कानुन मान्ने, हाम्रो कुनै अधिकार नहुने ?”
एमसीसी सम्झौता पास गर्ने कुरा देशराष्ट्रघातीले मात्रै सोच्न सक्ने उनको भनाई छ। केपी ओली सरकार क्याबिनेटमा रहेका एक मन्त्रीले मन्त्री बन्न नपाउँदै एमसीसी पास गर्नुपर्छ भन्दै दिएको अभिव्यक्तिले आफूलाई लज्जित बनाएको नेता रावलले बताए।