आज पुष १६ गते बिहिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष

तपाईको  मन वैचारिक धरातलमा मानसिक व्यग्रताको  अनुभव गर्नुहुनेछ। अपेक्षाकृत अधिक संवेदशीलता र भावनाले तपाईको मनमा  आर्द्रताको अनुभव गर्नुहुनेछ।  वाद-विवादमा नउत्रिनुहोला। आफन्तसँग मन दुख्नेछ। नयाँ कार्य प्रारम्भमा निष्फलता मिल्नेछ। जीवनसाथीको  स्वास्थ्यको विषयमा चिन्ता  रहनेछ। स्त्री मित्रबाट हानि हुनेछ।

वृष

आर्थिक आयोजन प्रारम्भमा केहि अड़चनको  साथसाथै पूर्ण भएको जस्तो लाग्नेछ। मित्र -शुभेच्छसँगको  भेटले आनन्द मिल्नेछ। व्यवसायिक क्षेत्रमा सहकारपूर्ण वातावरण रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। लगानीकर्ताले सावधानीपुर्वक लगानी गर्नुपर्नेछ। नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ।

मिथुन

तपाईको दिनको प्रारम्भ शारीरिक र  मानसिक स्वस्थतामा हुनेछ। परिवारजन र मित्रसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। खर्च अधिक नहोस यस कुराको ध्यान दिनुहोला। लगानीको कार्य सम्हालेर गर्नुहोला। सहकर्मचारीको सहकार प्राप्त गर्न सक्नुहुनेछ।

कर्क

तपाईको धनको आय र व्यय अधिक रहनेछ । आँखाको दुखाईले निराश रहनुहुनेछ। साथै मानसिक चिन्ता पनि रहनेछ। बोलि र चरित्रमा ध्यान दिनुहोला। मध्यान्नपछि तपाईको समस्यामा परिवर्तन आउनेछ। आर्थिक दृष्टिले लाभ हुनेछ। शारीरिक र मानसिक परिस्थितिमा सुधार  आउनेछ। परिवारको  वातावरण अनि आनन्ददायक हुनेछ। मनबाट नकारात्मकतालाई टाढा राख्नुहोला।

सिंह

तपाईको मनमा क्रोध र आवेशको भावना रहनेछ। आरोग्यको लागि तपाईको दिन शुभ हुनेछैन। मनमा व्यग्रता रहनेछ।  परिवारसँग उग्रतापूर्ण व्यवहार हुन सक्छ। परिवारसँग  खान-पानको प्रसंग हुनेछ। शारीरिक स्वास्थ्य पनि राम्रो हुनेछ।

कन्या

तपाईको दिन आनन्ददायक र लाभदायक रहनेछ । व्यवसाय र व्यापार  क्षेत्रमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। तपाईको प्रफुल्लित मन अस्वस्थ रहनेछ । स्वास्थ्य पनि स्वस्थ रहनेछ। बोलीमा ध्यान राख्नुहोला। झगडा होला। ईश्वरको ध्यान र आध्यात्मिक विचार मनमा शान्ति रहनेछ।

तुला

शारीरिक र मानसिक सुख राम्रो रहनेछ।  व्यवसाय वा  व्यापारमा तपाई उत्साहपूर्वक कार्य गर्नुहुनेछ। सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। सामाजिक दृष्टिकोणले तपाईको मान-सम्मान बढ्नेछ। धनको लगानीको लागी समय अनुकुल रहनेछ। परिवारमा सन्तान  र श्रीमतीको लाभ हुनेछ। मित्रसँग भेट हुनेछ।

वृश्चिक

विरोधी र प्रतिस्पर्धिसँग वाद-विवादमा नपर्नुहोला। व्यवसाय वा  व्यापारमा  परिस्थिति अनुकूल रहनेछैन। सन्तानसँग  मतभेद होला। मध्यान्नपछि घर, कार्यालय वा व्यवसायिक स्थलमा उच्च  कर्मचारीको  व्यवहार नकारात्मक रहनेछ। सन्तानको चिन्ता रहनेछ । गृहस्थजीवनमा आनन्द रहनेछ। सरकारी कार्य पूर्ण हुनेछ।

धनु

क्रोध  गर्नाले हानि होला। शारीरिक र मानसिक अस्वस्थताबाट निराश रहनेछ । व्यावसायिक क्षेत्रमा उच्च कर्मचारीको  व्यवहार नकारात्मक रहनेछ। सन्तानको प्रश्नकोले चिन्ता उत्पन्न हुनेछ। महत्वपूर्ण कार्यमा  निर्णय नलिनुहोला। नयाँ कार्यको  प्रारंभ नगर्नुहोला।

मकर

रुचिकर आफन्तसँग घुम्न र खान-पानको  प्रसंग उपस्थित  हुनेछ । मध्यान्नपछि तपाईको शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ। अधिक खर्च  हुनेछ। स्वभावमा  क्रोधको  मात्रा अधिक रहेछ । परिवार र सहकर्मचारीसँग  मनदुखको  प्रसंग बन्नेछ । नकारात्मक विचारलाई टाढा राख्नुहोला।

कुम्भ

कार्य-सफलता र यश-कीर्ति मिल्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिकरुपले  मान-प्रतिष्ठा  वृद्धि हुनेछ। मध्यान्नपछि  मनोरंजनको कार्यक्रम बन्नेछ।

मीन

कलाको क्षेत्रमा अभिरुचि बढ्नेछ। विद्यार्थीको लागि राम्रो समय रहनेछ। प्रियपात्रसँग भेट हुनेछ। घरमा सुख-शान्तिको वातावरण बनिरहनेछ। मध्यान्नपछि आर्थिक लाभ होला। स्वभावमा  क्रोधको मात्रा अधिक रहनेछ। मन तथा बोलीमा ध्यान दिनुहोला। अपूर्ण कार्य पूर्ण हुनेछ ।

प्रकाशित : बुधबार, पुष १५, २०७७१९:०३

भोलि पुष १६ गते बिहिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !