स्नेक मसाज : ढाड र अनुहारमा छाडिन्छ अजिङ्गर सहित २८ प्रजातिका सर्प

काठमाडौँ : मसाजले शरीरलाई आराम प्रदान गर्छ तर के तपाईले कहिल्यै स्नेक मसाज यानी सर्पबाट आफ्नो शरीरमा मालिश गराउनुभएको छ। अब तपाई भन्नुहोला मसाज त्यहीँ पनि सर्पबाट कसको यतिधेरै हिम्मत होला र ! यो पूर्ण रुपमा सत्य हो। इजिप्टको एक स्पामा मानिसहरुलाई स्नेक मसाज दिईन्छ र यसले शरीरलाई अत्यन्तै आराम मिल्ने र दुखाईहरु पनि कम हुने दाबी गरिएको छ।

इजिप्टको राजधानी कायरो स्थित एक स्पाले यसप्रकारको सेवा दिने गरेको छ, जसमा मानिसहरुले धेरै प्रकारका मालिशहरुमध्ये स्नेक मसाजलाई रोज्न सक्छन्। यसमा विषालुरहित सर्पको प्रयोग गरिन्छ।


स्पामा जीवित सर्पलाई मानिसहरुको ढाड र अनुहारमा छोडिन्छ। यसबाट मानिसहरुले शरीरको दुखाई कम भएको महसुस गर्छन्। न्युज एजेन्सी रोयटर्सको भिडियो अनुसार मालिश गराउने पहिलो ग्राहकको ढाडमा तेल लगाइदिन्छन् र ३० मिनेटको मालिशको क्रममा अजिङ्गर र लगभग २८ विभिन्न प्रजातिका विषालुरहित सर्पलाई शरीरमा छोडिदिन्छन्। स्नेक मसाजको यो भिडियो सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल हुँदै छ।

स्पाका मालिक सफवत सेडकीले सञ्चारकर्मीलाई बताए कि सर्पको मालिशले मांसपेशी र जोर्नीको दुखाई कम गर्नुको साथ-साथै शरीरमा रक्तसञ्चारमा मद्दत पुर्याउँछ।

स्पामा एक ग्राहक दिया जिनले स्नेक मसाज गरिरहँदा भने कि जब सर्पलाई उनको ढाडमा राखियो तब उनले एकदम राहत महसुस गरे र उनको सबै दुखाईहरु क्षणभरमै गायब भए। उनले भने – सुरुमा त म अलि डराएको थिए कि मेरो शरीरमाथि सर्प हिडिरहेको छ। तर केहीबेरमै डर, चिन्ता र तनाव कम भयो र मसाज सकिएपछि मेरो आत्मविश्वास निकै बढेको थियो।

प्रकाशित : बुधबार, पुष १५, २०७७१३:२२

कोरोना विरुद्ध खोप लगाएपछि हृदयघात, दुई घण्टामै गयो ज्यान !