कला, सौन्दर्य, भौतिक सुख-समृद्धि र कामुकताको कारक शुक्र ग्रह ४ जनावरीको दिन बिहान ५ बजेर ६ मिनेट जाँदा वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गर्दैछ। यस राशिमा शुक्र २८ जनावरीसम्म रहनेछ। शुक्र ग्रहको यो गोचरले सबै राशिमा शुभ र अशुभ प्रभाव पार्नेछ।
मेष राशि
शुक्र ग्रह यस राशिको नवौं भावमा प्रवेश गर्नेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। शुक्र पर्यटन, साथीको साथ, पारिवारिक कार्यक्रमहरू आदिको कारक बन्न सक्छ। विदेशी व्यक्ति वा विदेशी कम्पनीमा सेवाको लागि आवेदन गर्न चाहानुहुन्छ भने समय अनुकूल छ।
वृष राशि
राशिको अष्टम भावमा शुक्रको प्रवेश तपाईंको लागि त्यस्तो अनुकूल नरहला। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। अचानक समस्या उत्पन्न हुनसक्छ। यद्यपि यो गोचर प्रेम जीवनका लागि लाभदायक साबित हुनेछ। सवारी ध्यानपूर्वक चलाउनुहोस्। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला।
मिथुन राशि
शुक्र ग्रह यस राशिको सप्तम भावमा प्रवेश गर्नेछ। वैवाहिक जीवनमा सुमधुरता छाउनेछ। यदि तपाईं प्रेम विवाह पनि गर्न चाहनुहुन्छ भने पनि समय अनुकूल छ। व्यापारमा प्रगति हुनेछ। यदि तपाईं साझेदारीमा कुनै काम गर्दै हुनुहुन्छ भने त्यसमा सफलता प्राप्त हुनेछ।
कर्कट राशि
राशिको षष्ठम भावमा हुने शुक्रको गोचर तपाईंको लागि अनुकूल साबित हुँदैन। शत्रुहरूले तपाईंको मार्गमा बाधा पुर्याउन सक्छन्। यस समयमा मानसिक तनाबको सामना गर्नुपर्ने हुनसक्छ। विदेश यात्राको योग र भौतिक सुखमा वृद्धि हुनेछ।
सिंह राशि
शुक्र ग्रह तपाईंको राशिको पन्चम भावमा प्रवेश गर्नेछ। यो अवधि प्रेम जीवनको लागि उत्तम हुनेछ। प्रेममा रोमान्स बढ्नेछ। सन्तान सुख प्राप्ति हुनसक्छ। विद्यार्थीहरूले उच्च शिक्षामा सफलता प्राप्त गर्ने सम्भावना उच्च छ। कार्यक्षेत्रमा तपाईंको निर्णयको सराहना गरिनेछ।
कन्या राशि
राशिको चौंथो भावमा हुने शुक्रको गोचरले तपाईंको अचल सम्पत्ति बढाउनेछ। तर तपाईंले स्वास्थ्य सम्बन्धि समस्याहरूको सामना गर्नुपर्ला। वाणीमा संयम राख्नुहोला। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। प्रेमको मामलामा केहि कठिनाइ आउनसक्छ।
तुला राशि
राशिको तृतीय भावमा गोचर हुने शुक्रले तपाईंको पराक्रम तथा उर्जा बढाउनेछ। यस अवधिमा तपाईंका हरेक कार्य प्रयासहरू सफल हुनेछन्। धार्मिक तथा मांगलिक कार्यको सुअवसर बन्नेछ। विदेश यात्राको योग, भाग्यवृद्धि तथा रोकिएका काम पूरा हुनेछन्।
वृश्चिक राशि
राशिको दोस्रो भावमा हुने शुक्रको गोचरले तपाईंको आर्थिक स्थिति मजबूत बनाउँछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना उच्च छ। कार्य सफलता प्राप्त गर्नको लागि कडा परिश्रम गर्नुपर्नेछ। रोजगार र व्यवसायमा लाभ हुनेछ। पदोन्नतीको योग रहेको छ।
धनु राशि
यस अवधिमा साथी-भाईसँग रमणीय भेटघाट हुनेछ साथै उनीहरुबाट पूर्ण समर्थन प्राप्त हुनेछ। अविवाहित मानिसको विवाहको योग पनि बन्ने सम्भावना छ। विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ रहनेछ।
मकर राशि
शुक्र ग्रह यस राशिको बार्ह्रौं भावमा गोचर हुनेछ। यात्राको पूरा आनन्द लिनुहुनेछ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। धेरै पटक तपाईंको काम हुनबाट रोकिन्छ तर निराश नहुनुहोस्, यो छिट्टै नै सुधार हुनेछ। मानसिक तनाव रहन सक्छ।
कुम्भ राशि
शुक्र यस राशिको एघारौँ भावमा प्रवेश गर्नेछ। शुक्रको गोचर तपाईंको लागि मिश्र फलदायी साबित हुनेछ। कार्यको क्षेत्रमा चुनौतीहरूको सामना गर्नु पर्नेछ। कार्यस्थलमा उदासीनताको सामना गर्नुपर्ला।
मीन राशि
राशिको दशम भावमा हुने शुक्रको गोचरको कारण कार्यक्षेत्रमा केहि कठिनाइ आउनसक्छ। सरकारी क्षेत्रबाट लाभ प्राप्त हुने सम्भावना उच्च छ। रमणीय यात्राको सम्भावना छ। यस समयमा तपाईं आफ्नो मनपर्दो चीजहरू किनमेल गर्न सक्नुहुनेछ।