एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोलीबाट सन्तुष्ट रहेको उल्लेख गर्दै जनवरीको सरुवा बजारमा कुनै खेलाडी विक्री नगरिने प्रष्ट पारेका छन् ।
समस विश्रामपछि ला लिगाको पहिलो खेलका रुपमा रियलले बुधबार एल्चेसँग प्रतिस्पर्धा गर्दैछ । सरुवा बजारमा नयाँ खेलाडी भित्राउन वा क्लबमा अहिले रहेका खेलाडी बेच्ने योजनामा जिदान छैनन् । ‘सबै खेलाडी केन्द्रित छन्’, खेलेको एक दिन अघि जिदानले भने, ‘सबै खेलाडी मेरो योजनामा छन् ।’
जनवरी १ मा खुल्ने सरुवा बजारमा रियलले धेरै चलखेल नगर्ने जिदानको भनाई बाट प्रष्ट हुन्छ । त्यति हुदाहुदै पनि केहि खेलाडी बेच्ने सम्भावना रहेको अनुमान गरिएको छ । जस्तै इस्को, मार्सेलो, लुका जोभिच र मारियानो डिजले धेरै खेल्ने मौका नपाएका कारण क्लब छाड्न सक्ने अनुमान गरिएको छ ।
ला लिगा, च्याम्पियन्स लिग, सुपर केपा डे स्पाना र कोपा डे ले उपाधिको प्रतिस्पर्धाका लागि पनि टोलीमा भएकै खेलाडीमा भर पर्ने योजनाका साथ जिदानले खेलाडी बेच्न नचाहेको हुनसक्दछ ।