एजेन्सी – इजरायलमा ७५ वर्षीय एक वृद्धको कोरोना विरुद्धको खोप लगाएको दुई घण्टापछि हृदयघातका कारण मृ-त्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नाम नखुलेका उक्त व्यक्तिलाई यो भन्दा पहिले पनि हृदयघात भएको र यसको सम्बन्ध कोरोना खोपसँग कुनै सम्बन्ध नरहको एजेन्सीका महानिर्देशक चेजी लेवीले बताएका छन्। “उनको परिवारलाई यो दु:खद क्षणमा हिम्मत राख्ने शक्ति मिलोस्”, लेवीले भने।
जेरूसलम पोष्टको एक रिपोर्ट अनुसार मृ-तकले सोमबार बिहान क्लिनिकमा यो खोप लगाएका थिए र खोप लगाईसकेपछि उनी खोपको साइड इफेक्ट नभएको सुनिश्चित गर्न क्लिनिकमा थिए।
क्लिनिकले उक्त व्यक्तिलाई राम्रो महसुस भएपछि मात्र त्यहाँबाट अनुमति दिएको थियो। तर त्यसपछि उनलाई घटक हृदयघातले हमला गर्यो र उनको मृ-त्यु भयो।
फाइजरको डिसेम्बरमा गरिएको कोरोना विरुद्धको खोपको परिक्षणमा सामेल ४३ हजार मध्ये २ जनाको ज्यान गएको छ। तर यतो दुबै घटना खोपसँग सम्बन्धित नरहेको खाद्य र औषधि प्रशासनको दाबी छ।
इजरायली सार्वजनिक स्वास्थ्य एजेन्सी मिदाट एसोसिएसनले आफ्नो वेबसाइटमा सर्वसाधारणलाई मृ-त्यु र कोरोना खोपमा कुनै सम्बन्ध नदेखाउन आग्रह गरेको छ। “यी भनेको दुर्भाग्यपूर्ण केस हुनसक्छ,” एजेन्सीले भएको छ।
इजराएलका स्वास्थ्यमन्त्री युली एडेलस्टेनका अनुसार सोमबारसम्म त्यहाँका ५ लाभ नागरिकले कोरोना विरुद्धको खोप लिइसकेका छन्।