मेस्सी भर्सेस रोनाल्डोमा को उत्कृष्ट भन्ने चर्चा विगत एक दशकदेखि चल्दै आएको विवाद हो। गत एक दशक फुटबल जगतमा आफ्नो वर्चस्व जमाएका यी दुई खेलाडीको २०२० वर्ष भने त्यति सुखद रहन सकेन।

यी दुई खेलाडीको टोलीले पनि २०२० वर्ष राम्रो अन्दाजमा समाप्ति गर्न सकेन। वर्षको अन्तिम खेलमा युभेन्टस फियोरेन्टिनासँग ३-० को लज्जास्पद हार व्यहोर्न बाध्य भयो भने बार्सिलोना आइबारसँग बराबरीमा रोकियो।

त्यसबाहेक हामीले भुल्न हुँदैन कि रोनाल्डो केहि हप्तामै आफ्नो ३६ औं जन्मदिन मदाउँदैछन् र मेस्सी पनि केहि महिनामा ३४ वर्षको हुनेछन्। यी दुई उत्कृष्ट खेलाडी आफ्नो खेल जीवनको अन्त्यतिर आइरहँदा २०२० को तथ्यांक यी दुईबीच तुलना गर्न मात्र नलिएर उनिहरुको उपलब्धिको उत्सवको रूपमा रमाउन जरूरी छ।

यस्तो छ पछिल्लो १२ महिनाको ट्रान्सफरमार्केटले संकलन गरेको तथ्यांक:
क्लब गोल
रोनाल्डो ४१-२६ मेस्सी

क्लब असिस्ट्स
मेस्सी १८-६ रोनाल्डो

एक गोल गर्न औसत मिनेट
रोनाल्डो ८३.३-१५० मेस्सी

अन्तराष्ट्रिय गोल
रोनाल्डो ३-१ मेस्सी

पेलान्टी बाहेकका गोल
रोनाल्डो २७-१८ मेस्सी

पेलाल्टी गोल
रोनाल्डो १७-९ मेस्सी

ह्याट्रिक
मेस्सी १-१ रोनाल्डो

फ्री-किक गोल
रोनाल्डो २-१ मेस्सी

टिम उपाधि
रोनाल्डो १-० मेस्सी

प्रमुख व्यक्तिगत अवार्ड
रोनाल्डो ३-३ मेस्सी

तथ्यांकको कुरा गर्दा २०२० रोनाल्डोले मेस्सीलाई पछि परेको सबैले मान्नै पर्छ। दुबै खेलाडीको लागि यो वर्ष खासै राम्रो नभएता पनि यो वर्ष रोनाल्डो मेस्सी भन्दा अगाडी देखिए।

