मेष
तपाई निकै भावनाशील रहनुहुनेछ ,त्यसैले कोहीको बोलीले तपाईलाई ठेस पुग्नेछ। माताको स्वास्थ्यको चिन्ताले सताउनेछ। मानसिक व्यग्रता र शारीरिक अस्वस्थता रहनेछ। विधार्थीको लागी समय मध्यम रहनेछ। तपाईको स्वाभिमान भंग हुनेछ। आफिस वा व्यवसायमा स्त्री वर्गसँग सावधान रहनुहोला।
वृष
तपाई तन र मनबाट स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। परिवारसँग घरको प्रश्नको सम्बन्धमा चर्चा गर्नुहुनेछ। आर्थिक मामलामा अधिक ध्यान दिनुहुनेछ। तपाईले हरेक कार्यमा सफलता पाउनुहुनेछ । भाग्यवृद्धिको योग रहनेछ। प्रिय व्यक्तिको साथ र सार्वजनिक सम्मान मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ तथा प्रतिस्पर्धि परास्त गर्नुहुनेछ।
मिथुन
आर्थिक आयोजन सफल गर्नुहुनेछ। विधार्थीको अध्ययन मध्यम रहनेछ। साथी र आफन्तसँगको भेटले आनन्दित रहनुहुनेछ। धन्दामा अनुकूल वातावरण रहनेछ। आयमा वृद्धि हुनेछ ।
कर्क
तपाईको भावनाको प्रवाहमा कुटुम्ब , मित्र तथा आफन्तसँग सहभागी हुनुहुनेछ। भेट – सौगातको प्राप्ति हुनेछ। स्वादिष्ट भोजन गर्न र बाहिर घुम्न जान हुनेछ। मांगलिक अवसरमा उपस्थित हुनुहुनेछ। आनन्ददायक प्रवास हुनेछ। धनलाभ हुनेछ । दाम्पत्यजीवनमा धनिष्ठता अनुभव गर्नुहुनेछ।
सिंह
अत्यधिक चिन्ता र भावनाको कारण शारीरिक र मानसिक रूपले व्यग्रता र अस्वस्थता अनुभव गर्नुहुनेछ। वाद-विवाद तथा संघर्ष खड़ा गर्नुहुनेछ। कोर्टको मामलामा सावधानी राख्नुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। आयको अपेक्षा हुनेछ।
कन्या व्य्पाय
व्यपार – धन्दामा विकासको साथसाथै आय बढ्नेछ। वैवाहिक जीवनमा सुख- सन्तोषको अनुभूति हुनेछ। पत्नी, पुत्र र वृद्दको तर्फबाट लाभ हुनेछ। मित्रसँग रमणीय पर्यटन हुनेछ । स्त्री मित्र विशेष लाभकारी साबित हुनेछ। सन्तानको शुभ समाचार मिल्नेछ ।
तुला
परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ। अफिस र नोकरीमा आय वृद्धि पदोन्नतिको लागि संयोग निर्मित हुनेछ। गृह सजावट गर्नुहुनेछ। अफिसमा उच्च पदाधिकारीद्वारा कामको तारिफ हुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ ।
वृश्चिक
हरेक विषयको नकारात्मक पहलुको अनुभव हुनेछ । थकान र आलसको कारण स्फूर्तिको अभाव रहनेछ । मनमा गहिरो चिन्ताले सताउनेछ। पेसा – व्यवसायमा अवरोध खडा हुनेछ। उच्च पदाधिकारीसँग वाद-विवादमा नउत्रिनुहोला। विदेशगमनको अवसर निर्मित हुनेछ। विदेशमा बस्ने निकट मान्छेबाट समाचार मिल्नेछ।
धनु
बोलि र क्रोधमा नियन्त्रण राख्न पर्नेछ। अन्यथा अनर्थ हुन सक्छ । कफको कारण तपाईको स्वास्थ्य खराब हुनेछ। मानसिक व्यग्रताको गर्नुहुनेछ।खर्च वृद्दि हुनेछ । निषेधात्मक कार्य तथा अनैतिक कामवृत्ति कुमार्गमा नलगोस् यस कुराको ध्यान राख्नुहोला।
मकर
विचार, व्यवहारमा भावुकता विशेष मात्रामा रहनेछ। परिवार र मित्रसँग खुशीपूर्वक दिन व्यतीत गर्नुहुनेछ। तन-मनमा स्फूर्ति र प्रसन्नता रहनेछ । व्यवसायमा वृद्धि हुनेछ। दलाली, व्याज, कमिशनद्वारा तपाईको आय वृद्धि हुनेछ । सार्वजनिक जीवनमा मान- प्रतिष्ठा बढ्नेछ। यात्राको सम्भावना रहेको छ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण हुनेछ।
कुम्भ
कार्यमा तपाईले यश, कीर्ति र सफलता पाउनुहुनेछ। परिवारमा मेलमिलाप रहनेछ। शारीरिक र मानसिक स्वस्थता बनिरहनेछ। विचार र व्यवहारमा भावुकता अधिक रहनेछ । काममा खर्च हुनेछ। विरोधि वा प्रतिस्पर्धिको पराजय हुनेछ।
मीन
कल्पनाको लोकमा विचारण गर्न मन पराउनुहुनेछ। साहित्य लेखनमा तपाईको सिर्जनात्मकता प्रकट गर्नुहुनेछ। विधार्थीको लागि राम्रो दिन रहेको छ। कामुकता विशेष मात्रामा रहनेछ। मानसिक सन्तुलन बनाईराख्नुहोला।