पोर्चुगललाई विश्व विजेता बनाउने ठूलो सपना छ, तत्काल सन्यास लिन्न: रोनाल्डो

यहि फेब्रुवरीमा ३६ वर्ष हुने पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको निकट भविष्यमा फुटबल जगतलाई अलबिदा भन्ने कुनै योजना छैन। उनी आफू अझै धेरै वर्ष खेल्न सक्ने बताउँछन्।

युभेन्टस फरवार्डले बढ्दो उमेरका साथ पनि आफ्नो खेलमा कुनै गिरावट देखाएका छैनन्। रोनाल्डोले २०१९-२० सिजनको सरी-ए मा ३१ गोल गर्न सफल भए। यो सिजन पनि १२ खेलमा १० गोल गरिसकेका छन्।

२०२० मा पूर्व रियल म्याड्रिडका स्ट्राइकरले कुल ३३ लिग गोल गरेका छन् जुन युरोपको टप ५ लिगमा सबैभन्दा धेरै हो। फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्की दोस्रो स्थानमा छन्। पोर्चुगलका कप्तान रोनाल्डो २०२२ को विश्वकप कतारमा सुरु हुँदा ३७ वर्षका हुनेछन् तर उनले आफूले त्योभन्दा पहिले सन्यास नलिने बताएका छन्।

“उमेरले केहि फरक पार्दैन। महत्त्वपूर्ण कुरा भनेको दिमाग हो”, यस हप्ता ग्लोब सोकर अवार्डमा प्लेयर अफ सेन्चुरी घोषित भएपछि रोनाल्डोले बीबीसी स्पोर्टलाई भने। “क्रिस्टियानो रोनाल्डो राम्रो छ कि छैन भन्ने फरक पर्दैन, भोलि के हुने हो कसैलाई थाहा छैन। म अहिलेको समयमा रमाउने मानिस हो।”

पोर्चुगलको लागि २०१६ को युरो कप जितेका रोनाल्डोले आफूले देशका लागि विश्वकप जित्ने बाकी रहेको पनि बताएका छन्। “हामीले २०१६ मा युरो जित्यौं र अब हामी विश्व कप जित्न चाहन्छौं,” रोनाल्डोले भने। “मैले खेलेको हरेक क्लबमा थुप्रै उपाधि जितें, तर विश्व कप … यो सपना हो। यो सपना हो।” रोनाल्डो भन्छन्।

प्रकाशित : बिहिबार, पुष १६, २०७७१६:१३

सन्दीपले बिगबासमा पहिलो खेल खेल्ने भोलि खेल्ने !