काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। महामन्त्री मोहनविक्रम सिंहले प्रचण्डलाई उनकै निवास खुमलटारमा पुगेर भेट गरेका हुन्।
भेटका क्रममा नेकपा विभाजित भएपछि विकसित घटनाक्रम बारे दुई बीच छलफल भएको बताइएको छ। प्रचण्डको सचिवालयमा समेत रहेकी उनकी छोरी गङ्गा दाहालले सिंह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न पुगेको बताइन्। दुवैबीच देशको राजनीतिक घटनाक्रमबारे छलफल भएको दाहालको भनाई छ।
“आदरणीय कमरेड मोहन विक्रम सिंह ममीको स्वास्थ्य अवस्था बुझ्न आऊनुभएको बेला कमरेड प्रचण्ड संग देशको राजनैतिक घटनाक्रम बारे छलफल गर्नुहुँदै।”,दाहाल र सिंह बीचको भेटघाट बारे जानकारी गराउँदै गंगा दाहालले फेसबुकमा लेखेकी छन्।