हिन्दूराज्य र राजसंस्थाको पक्षमा आन्दोलन चर्काउने कमल थापाको चेतवानी !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने चेतावनी दिएका छन्।

हिन्दूराज्य र राजसंस्थाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गरेको विरोध प्रदर्शन पश्चात सम्बोधन गर्दै सडक आन्दोलनबाटै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्ने चेतवानी दिएका हुन्।

सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न अध्यक्ष थापाले माग गरेका छन्। त्यस्तो नभएको खण्डमा सडक आन्दोलनबाटै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्ने उनको चेतवानी छ।

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा विगतमा राप्रपाले मात्रै बोकेको भएपनि अहिले आएर उक्त एजेण्डा आम नेपालीको भएको पनि अध्यक्ष थापाले बताएका छन्।

“हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।”,उनले भने।

हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन गर्ने समय आइसकेको पनि थापाले बताएका छन्। यी विषयको टुंगो तत्काल  सर्वपक्षीय सम्मेलनमार्फत नलगाइए आन्दोलन चर्काउन आफूहरु बाध्य हुने थापाको भनाई छ।

यस्तै अध्यक्ष थापाले संसद विघटन पश्चात देशमा विदेशी चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्दा विदेशी चलखेल बढेको उनले बताए। राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको उनको भनाई छ।

“कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौािकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ ।”,उनले भने।

प्रकाशित : शुक्रबार, पुष १७, २०७७१६:१३

“दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुन्छ”