अन्ततः ३० लाख काण्ड बारे बोले भीम रावल !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले नेकपा प्रदेश कार्यालयको ३० लाख अर्को खातामा स्थानतरण गरिएको बताएका छन्।

सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावलले शुक्रबार धनगढीमा आयोजित प्रदेश कमिटीको चौथो बैठकमा नेकपा प्रदेश कार्यालयको ३० लाख अर्को खातामा स्थानतरण गरेको स्पष्ट पारेका हुन्।

नेता रावलले त्कालीन अध्यक्ष कर्ण थापा र सचिव नेपबहादुर चौधरीको नाममा रहेको खाताबाट ३० लाख रकम झिकेर अर्को खातामा राखेको बताए। पार्टीको विधानअनुसार आफूहरु चलेको र पार्टीको आवश्यकता अनुसार रकम खर्च हुने गरेको नेता रावलको भनाई छ।

“प्रदेश कार्यालयको खाता सञ्चालन गर्ने क्रममा प्रदेश कमिटी सचिव र कार्यालय सचिवले काम विशेषले आफ्नो आवश्यकताअनुसार अर्को खातामा पठाउने र केही रकम पार्टीको काममा खर्च गरेका छौ।”,उनले भने,”प्रदेश अध्यक्षको धम्कीले कोही पनि तर्सिनेवाला छैन।”

तत्कालीन अध्यक्ष थापा र केपी गुटका कार्यकर्ताले उक्त विषयलाई गालीगलौज गर्ने, सचिवलाई धम्क्याउने कार्य गरेको समेत नेता रावलले बताएका छन्। त्यस्ता कार्य तत्काल बन्द गर्न उनले आग्रह समेत गरे।

“गुण्डागर्दी शैली देखाएर केही नहुनेवाला छैन। हाम्रो पार्टीको विधि र प्रक्रियाअनुसार भएको छ, त्यसमा गाली गर्ने धम्क्याउने गरेर केही हुनेवाला छैन।”,उनले भने।

यस्तै रावलले रावलले प्रधानमन्त्री ओली लगातार राष्ट्रियता विरोधी र विधि तथा पद्धति विरोधी कार्य गर्न थालेपछि रोकेको पनि बताएका छन्। प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिएको भन्दा लगाएको आरोप बारे स्पष्ट पार्दै नेता रावलले राष्ट्रियता विरोधी कार्य गर्न थालेपछि आफूहरु रोक्न बाध्य भएको बताए।

प्रकाशित : शुक्रबार, पुष १७, २०७७१९:३०

भोलि पुष १८ गते शनिबार,कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !