प्रोटिन हाम्रो शरीरको लागि निकै जरुरी रहेको छ। मांसपेशी बनाउनदेखि वजन घटाउनसम्म प्रोटिन फूडको सेवन गरिन्छ। प्रोटिनको नाम आउने बितिक्कै सबैभन्दा पहिला मानिस अन्डा र पनीरको बारेमा सोच्छन् । अण्डा र पनीरको सेवनबाट शरीरको सबै पोषक तत्व जस्ता क्याल्शियम, भिटामिन बी-१२ र आयरन मिल्छ। भेजिटेरियन्सको लागि पनीर प्रोटिनको बेस्ट सोर्स हुन्छ तर मांसाहारी मान्छेको लागि दुवैमा कुनै एक चुन्ने विकल्प हुन्छ। प्राय मान्छेहरुको प्रश्न हुन्छ कि अन्डा वा पनीर मध्ये कुनमा धेरै प्रोटिन हुन्छ। थाहा पाउनुहोस अण्डा वा पनीर कुनमा धेरे प्रोटिन हुन्छ।
अन्डा वा प्रोटिन
प्रोटिन हाम्रो शरीरको लागि निकै जरुरी हुन्छ । यसको कमीले शरीरमा इनर्जी कम हुन्छ, कपाल झर्छ र नङ पनि कमजोर हुन्छ। यदि तपाई मांशपेशी बनाउन चाहनुहुन्छ भने प्रोटिनले भरपुर चीजको सेवन गर्न जरुरी रहेको छ। यो प्रोटिन तपाईले पनीर र अन्डाबाट पाउनुहुनेछ ।
न्युट्रिस्नल भ्यालु
अन्डालाई एक सुपरफूडको रूपमा चिनिन्छ जसमा थुप्रै प्रकारका न्युट्रिसियन पाईन्छ। यो प्रोटिनको पनि राम्रो स्रोत हो। एक उमालेको अन्डामा (४४ ग्राम) मा ५.५ ग्राम प्रोटिन, फ्याट ४.२ ग्राम, क्याल्शियम २४.६ मिलीग्राम, आयरन ०.८ र म्याग्नेशियम ५.३ मिलीग्राम हुन्छ। पनीर वा कटेज चीज(Cottage cheese) एक डेयरी प्रोडक्ट हो । अन्डा जस्तै पनीर पनि प्रोटिनको लागि डाइटमा राखिन्छ। पनीरलाई स्यान्डविच, करी र थोरै तेल वा बटरमा तारेर पनीरको स्लाइसमा नुन मिसाएर खान सक्नुहुन्छ । ४० ग्राम लो फ्याट पनीरमा ७.५४ ग्राम प्रोटिन, फ्याट ५.८८ ग्राम, कार्बोहाइड्रेट ४.९६ ग्राम, फोलेट्स ३७.३२ माइक्रोग्राम र क्याल्शियम १९०.४ मिलीग्राम हुन्छ।
के हो बेस्ट ?
भेजिटेरियन्सको लागि पनीर प्रोटिनको बेस्ट सोर्स हुन्छ त्यसैले यसको सेवन गर्नु फाईदाजनक रहेको छ। ननभेजिटेरियन मान्छेको लागि दुवै अपशन रहेको छ। पनीर र अन्डा दुईटामा एक जुन पनि खान सक्नुहुन्छ। अन्डा र पनिरमा एउटै पोषक तत्व पाईन्छ। प्रोटिन बाहेक दुवैमा भिटामिन बी-१२, आयरन, क्याल्शियम र कैयौँ भिटामिन पाईन्छ। डायटीशियन्स बताउछन् कि दुईटै फुडलाई आफ्नो डाइटमा अलग-अलग तरिकाले प्रयोग गर्न सकिन्छ।