जाडोमा धेरैनै लाभदयाक हुन्छ सखरखण्ड, मिल्छन् नसोचेका यस्ता फाइदा !

जाडो मौषममा  व्यक्तिलाई कैयौँ तरिकाको रोग लाग्ने डर हुन्छ। यस मौषममा  रुघाखोकी लाग्नु र ज्वरो आउनु सामान्य कुरा हो। त्यसैले शरीरको  इम्यूनिटी मजबूत हुनु निकै  जरूरी रहेको  छ । साथै यस मौषममा शरीरलाई तातो चाहिएको  हुन्छ , त्यसैले  हामी तातो कुरा खान्छौ अनि तातो लुगा लगाउछौ। तर तपाईलाई थाहा छ सखरखण्ड खानाले शरीर तातो हुन्छ र कैयौँ गम्भीर बिरामीबाट राहत पाउन मदत्त मिल्छ।

किन फाईदादायक छ सखरखण्ड  ?

सखरखण्डमा भिटामिन ए र विटामिन सी धेरै मात्रामा पाईन्छ। त्यसैले यो साधारण आलूभन्दा धेरै पौष्टिक हुन्छ। सखरखण्डमा ग्लाइसेमिक इंडेक्स  पनि निकै कम हुन्छ ,त्यसैले  डायबिटीज हुने मान्छेले पनि यसलाई सजिलै खान सक्छन्। डायबिटीज हुने व्यक्तिको लागि सखरखण्ड राम्रो मानिन्छ। तर केहि मामलामा सखरखण्ड सेवन  डायबिटीजको लागि नोक्सानदायक हुन्छ ,त्यसैले यो खानुभन्दा पहिला डाक्टरसँग सरसल्लाह लिनुपर्छ।

१. आँखाको लागि फाईदायक

चिसोमा सखरखण्ड खानुको धेरै फाईदा छ। यसले आँखालाई स्वस्थ राख्न मदत्त गर्छ। आँखालाई लामो समयसम्म स्वस्थ राख्न चाहनुहुन्छ भने आजदेखि नै डाइटमा सखरखण्ड राख्नुहोला। सखरखण्डमा ‘भिटामिन ए’को मात्रा धेरै हुन्छ। सखरखण्डमा  बीटा  क्यारोटीन भरपूर मात्रामा पाईन्छ जुन ‘भिटामिन ए’ मा बदलिन्छ र आँखाको ज्योति बढाउन मदत्त गर्छ।

२. ब्‍लड प्रेशर कम

वास्तवमा सखरखण्डमा  फाइबर, क्याल्शियम, प्रोटीन, आयरन, म्याग्नीशियम, पोटेशियम, भिटामिन-ए, बी र सी रहेको हुन्छ र सबै पोषक तत्व हाम्रो शरीरको लागि फाईदादायक रहेको छ। सखरखण्डमा रहेको पोटेशियमले हृदय स्वस्थ राख्न मदत्त गर्छ। साथै यसले हाम्रो  ब्‍लड प्रेशरलाई  नियन्त्रित गर्न मदत्त गर्छ। यसले हृदयसँग सम्बन्धित समस्या छ भने त्यसलाई कम  गर्न मदत्त गर्छ।

३.मुटु  स्वस्थ

सखरखण्ड खानाले मुटु रोगबाट बच्न सकिन्छ।  सखरखण्डमा फाइबर पनि भरपुर मात्रामा पाईन्छ जुनले तपाईको  शरीरमा  खराब कोलेस्ट्रल कम गर्छ। सखरखण्डमा  पोटेशियमको मात्रा धेरै हुन्छ ,त्यसैले  हाई ब्लड प्रेशरबाट बच्नलाई नि मदत्त गर्छ।

४. एंटी-अक्‍सीडेंटले भरपुर

सखरखण्डले  क्यान्सरको  जोखिम कम गर्न पनि मदत्त गर्छ । यसमा  बीटा-क्यारोटीनको  एक स्रोत पाईन्छ। यो एक प्लांट पिगमेंट हो जुनले एक  शक्तिशाली एंटीअक्सीडेंटको रूपमा काम गर्छ।  बीटा-क्यारोटीन एक प्रोभिटामिन हो जुन पछि हाम्रो शरीरमा भिटामिन-ए को  रूपमा बदलिन्छ। एंटीअक्सीडेंट प्रोस्टेट र फोक्सोको क्यान्सर समेत कैयौँ प्रकारको क्यान्सर जोखिमलाई कम गर्न मदत्त गर्छ।

५.अस्थमाको रोगबाट केहि  छुटकारा

जाडोको समयमा साससँग सम्बन्धित रोग अस्थमाको बिरामीलाई  निकै समस्या हुन्छ। सखरखण्डको प्रयोगले अस्थमाको पिडितले केहि छुटकारा पाउछन्।  चिसो मौषममा रुघा ,भाइरल ज्वरो र इम्यूनिटी कमजोर हुने जस्ता  बिरामी  हुन्छ।  तर सखरखण्डमा भिटामिन सी भएको कारण यसले तपाईको इम्यूनिटीलाई मजबूत गर्छ। यस बाहेक सखरखण्डले शरीरमा रहेको आयरनलाई अवशोषित गर्छ  र रगतको कमी हुन दिदैन।

प्रकाशित : शनिबार, पुष १८, २०७७१७:४४

अमला-जीरा प्रयोग गरेर सजिलै घटाउनुहोस् वजन ! [तरिका सहित]