काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई लक्षित गर्दै आफूहरु छोरा छोरी भाइ बहिनीका नलडेको बताएका छन्।
काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा ओलीले नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’लाई लक्षित गर्दै आफूहरु छोरा छोरी भाइ बहिनीका नलडेको बताएका हुन्।
ओलीले आफूहरु देशको लागि लडिरहेको दावी गरे। महत्वपूर्ण कामका लागि र देश बनाउनका लागि पार्टीले कार्यकर्ता परिचालन गर्नुपर्नेमा पार्टी भित्रका केहि गुट षड्यन्त्रमै व्यस्त भएको ओलीले बताए।
“हामी छोरा छोरी भाइ बहिनीका लागि लडेका छैनौँ । हामी देशको भविष्यका लागि लडेका छौँ । कसको धन्दा कता कसको कता कसैको धन्दा खानतिर ।”,उनले भने।
यस्तै ओलीले पार्टी बाट केहि व्यक्ति विभाजित हुँदैमा पार्टीलाई फरक नपर्ने पनि बताएका छन्। प्रचण्ड-नेपाललाई लक्षित गर्दै ओलीले दुईवटा नटबल्ट फुत्किनासाथ पार्टीले गति लिएको बताए।
“दुईटा गुटको एउटा समीकरण पार्टी पार्टी रहेन । त्यो अवस्थामा उहाँहरुले पु¥याउनुभयो । महत्वपूर्ण कामका लागि र देश बनाउनका लागि पार्टीले कार्यकर्ता परिचालन गर्नुपथ्र्यो । कार्यकर्तालाई काम गर्न दिइएन । हाम्रो पार्टीका कार्यकर्ताहरुलाई काम गर्न दिइएन । दुईवटा नटबल्ट फुत्किनासाथ पार्टी गतिसाथ अघि बढ्यो ।”,उनले भने।
संसद विघटनका विरुद्ध प्रचण्ड-नेपालले गरिरहेको प्रदर्शन बारे पनि ओलीले टिप्पणी गरेका छन्। प्रचण्ड-नेपालले सडकमा उतारेका जति मानिसहरु औषधि बेच्नेले पनि जम्मा गर्ने ओलीले टिप्पणी गरे।
“पुष्पकमल दाहाललाई अध्यक्षमा राखेका छौँ । माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौं । अरु साथीहरुलाई पनि राखेका छौँ । पेरिसडाँडामा के के चलेको छ । प्रदेश स्तरीय भेला । अलि अलि मान्छे सीसीमा रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा गर्छ । उहाँहरुको भेला त्योभन्दा बढी हुँदैन । टाउको दुखेको, पेट दुखेको, गलेका खसखस सबैको औषधि त्यहीँ पाइन्छ । त्यहाँ पनि त्यति मान्छे जान्छन् ।”,ओलीले भने।