काठमाडौँ – बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ प्रजाति विभिन्न देशहरुमा देखापरिसकेको छ। कोरोनाको नयाँ प्रजाति भारतमा देखिएसँगै यसको जोखिम नेपालमा पनि बढेर गएको छ।
कोरोनाको उक्त प्रजाति नेपालमा पनि भित्रिसकेको हुन सक्ने विज्ञहरुले बताएका छन्। यधपी यसको पुष्टि हुन भने बाँकि नै छ। बेलायतबाट आएका केहि व्यक्तिहरुमा कोरोना पुष्टि भएपश्चात अहिले त्यस सम्बन्धमा अनुसन्धान भइसकेको छ।
कोरोनाको नयाँ प्रजातिको विषयमा नेपालका चर्चित स्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका छन्। बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर मान्नुपर्ने अवस्था नरहेको उनी बताउँछन्। भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहने उनको भनाई छ।
नयाँ प्रजातिको भाइरस पुरानो कोरोना भाइरसभन्दा ७० प्रतिशतभन्दा बढी सर्न सक्ने भएपनि डराउनुपर्न अवस्था भने नरहेको उनले फेसबुकमा उल्लेख गरेका छन्।
नयाँ प्रजातिको कोरोना भाइरस बारे डाक्टर पाण्डेको धारणा यस्तो छ –
-बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं। यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन। भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ।
-त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो। पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशतभन्दा बढी सर्न सक्दछ। उदाहरणका लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशतभन्दा बढी अर्थात् १७०० जनालाई संक्रमण गराउन सक्छ।
-यो भाइरसको मृ-त्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृ-त्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन। यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो।
-अन्य व्यक्तिसँग भेट्दा मास्क सही तरिकाले अनिवार्य रूपमा लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाटरबैठक नगर्ने तथा हातलाई नियमित रूपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन।
-आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने (जाडोमा मर्निङ वाक नगर्नु राम्रो), तनाव नलिने, राति ८-९ घण्टा सुत्ने, मौसमी फलफूल खाने, औषधिसेवीले आफ्नो औषधि नछाड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै सँगै जानेछ।
-ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो।
-गलत सूचना नै तनावको स्रोत हो। तसर्थ आधिकारिक समाचार मात्र हेर्नेरपढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाव कम गर्ने मुख्य उपाय हुन्।