सन् २०२१को पहिलो महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् मासिक राशिफल !

मेष राशि 

मेष राशिका मानिसको लागि २०२१ को पहिलो महिना निकै लाभदायक रहनेछ। करियर, व्यापार र कार्यक्षेत्रमा सोचे अनुरुप सफलता प्राप्त हुनेछ। सम्पत्ती सम्बन्धि मामिलामा तपाईको पक्षमा निर्णय आउनेछ। परिवार र साथीहरूको पूरा समर्थन मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।

वृष राशि 

वृष राशिका मानिसको लागि यो महिनाको सुरुवातमा केहि कठिनाइ आएपनि कार्य सफलता मिल्नेछ। विद्यार्थी वर्गले सफलता पाउनको लागि कडा मिहेनत गर्नु पर्ने देखिन्छ। व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ साबित हुनेछ। महिनाको अन्त्यमा परिवारमा मतभेद हुनसक्छ। स्वास्थ्यको पनि विशेष ख्याल राख्नुहोस्। प्रेम सम्बन्ध बलियो हुनेछ।

मिथुन राशि 

महिनाको सुरुमा केहि पारिवारिक समस्या पैदा हुनसक्छ। प्रियजनको स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। कार्यक्षेत्रमा पनि केहि कठिनाइको सामना गर्नुपर्ने देखिन्छ। यस समयमा तपाईंको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। महिनाको मध्यमा विशेष मित्रको सहयोगमा लामो समयदेखि अवरोध भएको काम पूरा हुनेछ। महिला साथीको सहयोगमा प्रेम सम्बन्धमा रहेको मदभेद दूर हुनेछ।

कर्कट राशि 

कर्कट राशिका मनिसको लागि यो महिना निकै शुभ रहनेछ। यो समयमा हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्र तथा व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना उच्च छ। महिनाको अन्त्यमा विद्यार्थी वर्गको लागि समय अनुकूल नरहला। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको भरपूर साथ सहयोग प्राप्त हुनेछ। महिलाले आफ्नो अधिकांश समय धार्मिक कार्यमा बिताउनेछन्।

सिंह राशि 

सिंह राशिका मानिसको लागि वर्षको पहिलो महिना नयाँ अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। लामो यात्राको योग बन्नेछ। यात्रा रमाईलो र लाभदायक हुनेछ। राजनीतिक क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा तपाईंको सम्मान बढ्नेछ। महिनाको मध्यमा क्रोधको कारण काम बिग्रन सक्छ। तपाईंको जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्।

कन्या राशि 

कन्या राशिका मानिसको लागि यो महिना शुभ रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ। महिला मित्रको सहयोगमा रोकिएका कार्य पूरा हुनेछ। विद्यार्थी वर्गको लागे समय अत्यन्त शुभ रहनेछ। व्यापार व्यवसायीले अपेक्षा भन्दा बढी लाभ उठाउनेछन्। प्रेम सम्बन्ध मजबूत हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।

तुला राशि 

महिनाको सुरुवातमा केहि चिन्ता रहनाले मन खिन्न रहनेछ। स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। विद्यार्थी वर्गको लागि समय अनुकूल नरहला। कुनै पनि क्षेत्रमा धन निवेश गर्दा सोच विचार गरेर मात्र अगाडी बढ्नुहोस्। महिनाको मध्यमा रमणीय यात्राको सम्भावना देखिन्छ। शत्रुसँग सावधान रहनुहोस्। प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसको लागे यो महिना नयाँ अवसर र जिम्मेवारी लिएर आउनेछ। कर्यक्षेत्रमा पदोन्नतीको सम्भावना छ। परिवारमा सुखमय वातावरण कायम रहनेछ। महिनाको सुरुमा कसैको सहयोगमा विशेष कार्य सफल हुनेछ। महिनाको मध्यमा कुनै धार्मिक यात्रामा जाने मौका मिल्नेछ। यो समयमा विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्धमा थोरै सावधान हुन आवश्यक छ।

धनु राशि 

धनु राशिका लागि वर्षको पहिलो महिना सुखमय रहनेछ। करियर तथा व्यापारको हिसाबले यो महिना तपाईंको लागि अत्यन्त शुभ साबित हुनेछ। प्रेमको दिशामा गरिएको प्रयास सफल हुनेछ। तपाईंले परिवारसँग खुशीसाथ समय बिताउने अवसर पाउनुहुनेछ। स्वास्थ्यको दृष्टिकोणबाट यो महिना अनुकूल नरहला। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। महिनाको अन्त्यमा अनावश्यक खर्च हुनेछ।

मकर राशि 

मकर राशिका मानिसको लागि यो महिना मिश्रित फलदायी साबित हुनेछ। करियर, व्यापार तथा कार्यक्षेत्रमा समस्याको सामना गर्नुपर्नेछ। साथी-भाईको सहयोगमा उक्त समस्याको समाधान खोज्न सकिन्छ। हातमा आएको मौका फुत्किन सक्छ, ध्यान दिनुहोस्। परिवारमा मदभेद हुनसक्छ। वाणीमा संयम राख्न जरूरी देखिन्छ। रमणीय यात्राको सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

कुम्भ राशि 

शनिको साढेसातीबाट प्रभावित कुम्भ राशिका मानिस यो महिना अत्यन्त सावधान रहनु पर्नेछ। क्रोधमा कुनै पनि निर्णय नलिनुहोस्। कर्यक्षेत्र परिवर्तन गर्ने सोच नराख्नु नै राम्रो हुन्छ। महिनाको मध्यमा सन्तानको विषयले मन चिन्तित रहनेछ। यस समयमा जीवनसाथीको पूर्ण समर्थन प्राप्त हुनेछ। महिनाको अन्त्यमा अनावश्यक खर्च हुनेछ। प्रेम सम्बन्धमा सावधानी आवश्यक छ।

मीन राशि 

मीन राशिका मानिसको लागि यो महिना सम्भावनाका नयाँ ढोका खोलिनेछ। तपाईंको करियर र व्यापारमा नयाँ दिशा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा कुनै वरिष्ठ व्यक्तिसँग भेट हुनेछ। राजनीतिक क्षेत्रमा रहेकाले ठूला लाभ उठाउनेछन्। महिनाको मध्यमा धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ।

प्रकाशित : आइतबार, पुष १९, २०७७२१:४६

भोलि पुष २१ गते मंगलबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !