हरेक व्यक्तिहरु आफ्नो घरको सुख ,शान्ति र सम्वृद्धिका लागि जस्तोसुकै कार्य गर्न तयार रहन्छन भने ज्योतिषसँग परामर्श गरि वस्तुका अनुसार घर वा कार्यालयको सजावट गर्ने गर्छन। हामीले घर र कार्यालयको सजावटमा ध्यान दिँदा दिँदै यस्ता केही कुराहरु अन्जानमा भइदिन्छन् कि जसले हाम्रो घरमा ठूलो प्रभाव पुर्याईरहेका हुन्छन। आज हामी तपाईहरुलाई यी चिजहरुको बारेमा बताउन जाँदै छौँ जुन घर वा कार्यलयमा राख्दा आर्थिक संकटले घेर्ने र जीवनमा सफलता हँसिल गर्न नसकिने मान्यता रहेको छ। तपाईहरुलाई हामी यस्ता ५ चिजहरु बताउन जाँदै छौँ :
१. भैरव देव : भगवान शिवको अवतार मानिने भैरव देवको मुर्ति घरमा राख्नुहुदैन र यसलाई कहिले पनि घरमा भएको मन्दिरमा राख्नु हुँदैन। भगवान शिवको अवतार मानिने भैरव देवलाई तन्त्र विधाको देवता मानिन्छ । यस कारण भैरव देवको मुर्ति घरमा नराख्नुहोस् ।
२. डुब्न लागेको जहाज : वस्तुशास्त्र अनुसार पानीमा डुब्न लागेको कुनै पनि चिज अशुभ मान्ने गरिन्छ। घर वा कार्यालय सजाउन डुब्न लागेको जहाजको तस्बिर राख्दा विभिन्न समस्याहरु निम्तिने गर्छ। यसले तपाईलाई जीवनभर आर्थिक संकटबाट छुटकारा हुन् नदिने भएकाले पनि यस्ता तस्बिरहरु घर वा कार्यालयमा झुक्केर पनि राख्नु हुँदैन।
३. ताजमहलको तस्बिर : ताजमहल सुन्दर हुनुको साथसाथै चिहान पनि हो। ताजमहल मृत्युसँग जोडिएको छ जुन कारण यसको तस्बिर वा प्रतिक घर वा कार्यालयमा राख्नले ठूलो आर्थिक संकट निम्तिने गर्छ।
४. शनि देव: कुनै पनि घर वा कार्यलयमा शनिदेवको मुर्ति राख्नु हुँदैन। यदि शनिदेवको पूजा गर्नुछ भने घर बाहिरनै कुनै मन्दिरमा गएर गर्नुहोस। अन्यथा तपाईले जिवनमा विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन्छ।
५. शंखको साथमा रथ : कुनै पनि युद्धको सुरुवात गर्नु अघि शंख बजाउने गरिन्छ भने रथ युद्धमा प्रयोग गरिने वस्तु हो। यसकारण यी दुई वस्तुहरु सँगै राख्नाले विभिन्न समस्याहरु आईपर्ने गर्छन। यी दुई वस्तु घर वा कार्यालयमा सँगै राख्दा वा यीनको तस्बिर राख्दा समेत अशान्ति पैदा हुने गर्छ।