तपाईले सुन्नु भएकै होला कि महँगो घडी लगाउदैमा राम्रो समय आउदैन। अर्थात् व्यक्तिको दिन बदलिदैन् तर वास्तु विज्ञानमा यस कुराको उल्लेख रहेको छ कि घडीले तपाइको समय बदल्न सक्छ।साथै घडीले तपाइको दिन राम्रो बनाउन सक्छ र बिगार्न पनि सक्छ । त्यसैले घडीलाई बेवास्ता गर्नु हुदैन । वास्तु विज्ञानको यी नियमहरु पालन गरे देखि तपाइको राम्रो समय आएको आफैले महसुस गर्नु हुनेछ ।
१. वास्तु विज्ञानमा उत्तर र पूर्व दिशालाई वृद्धिको दिशा मानिएको छ । आफ्नो घरमा यदि तपाई भीत्ते घडी लगाउनु हुन्छ भने त्यसलाई उत्तर या पूर्व दिशाको भित्तामा लगाउनुहोस् ।
२. घरमा सकारात्मक उर्जाको संचार बनाई राख्नको लागी मधुर संगीत वाला घडी भित्तामा लगाउनुहोस् ।
३. घडी रोक्किनु वास्तु विज्ञानको अनुसार शुभ हुदैन । यसबाट व्यक्तिको प्रगति रोक्किने गर्दछ ।
४. घडी बन्द हुने बित्तिकै ब्याट्री परिवर्तन गर्नुहोस् यदि चल्दैन भने त्यसलाई घरमा नराख्नुहोस् ।