प्रत्येक मानिसको जीवनमा कहिले राम्रो समय आउँछ भने कहिले नराम्रो समय आउने गर्दछ । वातावरणमा दुई थरीको शक्तिहरुले काम गर्ने गर्दछ । जसमा एक सकारात्मक र दोस्रो नकारात्मक शक्ति हुने गर्दछ । यदी सकारात्मक शक्ति मानिसको नजीक भयो भने दिमागमा राम्रो प्रभाव पर्ने गर्दछ जबकि नकारात्मक शक्तिहरु हावी हुनाले व्यक्ति समस्याहरुबाट घेरिने गर्दछन् । हामी आफ्नो दिनचर्यामा केही यस्तो काम गर्छौ कि जसको कारणले गर्दा नराम्रो शक्ति हामी माथी हावी हुन थाल्दछ ।
१. रातको समयमा नकारात्मक शक्ति सबैभन्दा धेरै सक्रिय हुने गर्दछ । त्यसैले रातको समयमा सुगन्धित वस्तु जस्तै: कुनै परफ्यूम या अन्य बास्नादार चिजको उपयोग गर्नु हुदैन । सुगन्धित वस्तुबाट नकरात्मक शक्ति छिट्टै आकर्षित हुने गर्दछन् ।
२. मान्यता अनुसार गर्भवती महिलाहरु रातमा कुनै सुनसान या चौबाटोमा जान हुदैन । यस्तो ठाउँमा पनि नकारात्मक शक्ति सक्रिय अवस्थामा हुने गर्दछन् ।
३. कहिले पनि फर्किदै गर्दा पछाडी फर्किएर हेर्नु हुदैन साथै घरमा प्रवेश गर्नुभन्दा पहिले स्नान गर्नु पर्दछ नत्र नकारात्मक शक्ति आफूसंगै घरमा प्रवेश गर्ने गर्दछ ।
४. कुनैपनि गम्भीर बिरामीबाट ग्रसित व्यक्तिको आत्मबल निकै कमजोर हुने गर्दछ । कमजोर आत्मबल भएको व्यक्तिहरु प्रति नकारात्मक शक्ति छिट्टै आकर्षित हुने गर्दछ ।