पार्टी फुटाउनकै लागि खुमलटारमा २८० बैठक बसेको ओलीको खुलासा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सयौं बैठक बसेको बताएका छन्।

आइतबार अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका ओलीले पार्टी फुटाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सयौं बैठक बसेको बताएका हुन्।

बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओलीनिकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खुमलटारमा २८० वटा बैठक बसेको बताए।

आफूले फाइल पल्टाएर हेर्दा पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० बैठक र अन्य ३५ बैठक बसिसकेको थाहा पाएको ओलीको भनाई छ। खुमलटारमा, कोटेश्वर, बानेश्वरलगायतका क्षेत्रमा पार्टी फुटाउनकै लागि कयौं बैठक ओलीले खुलासा गरे।

“मैले फाइल पल्टाएर हेरेँ। पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० बैठक बसेका रहेछन्। नेतृत्व खुल्याउन, प्रधानमन्त्रीलाई खुल्याउन अरू ३५ बैठक बाहिर बसेको रहेछ।”,ओलीले भने।

यस्तै ओलीले सरकारले राम्रो काम गरेको देखेर पार्टी नेताहरुले काम गर्न नदिएको आरोप समेत लगाएका छन्। प्रचण्ड-नेपाल पक्षका नेताहरु सरकारको कामको विरोध गर्दै पदको पछि लागेको उनको आरोप छ।

“उहाँहरुले सरकारको कामको विरोध गर्दै पदको पछि लागि राख्नुभएको छ। उहाँहरु जहिले पनि आफ्नो गुटको भेला भन्दा बाहिर निस्किन सक्नुभएन।”,उनले भने।

पार्टीका केहि गुटको भेलाले आफूलाई पदबाट हटाउन नसक्ने ओलीको जिकिर छ। गुट भेलामा उठाएको हस्ताक्षर प्रयोग गरेर आफूलाई हटाउन खोजिएको समेत ओलीले आरोप लगाए।

प्रकाशित : आइतबार, पुष १९, २०७७१६:५७

गल्ती र भूल बिर्सेर मूलधारको पार्टीमा फर्कन प्रचण्ड-नेपाललाई प्रवक्ता ज्ञवालीको आग्रह