एजेन्सी -ए ( A ) अक्षरबाट कुनै पूरुष वा महिलाको नाम शुरु हुन्छ भने , यस्ता ब्यक्ति धेरै नै आर्कषक देखिन्छन् । यस्तो ब्यक्ति धेरै मेहेनती र धैर्यवान हुन्छ । यीनीहरु आफु पनि आकर्षित देखिन चाहन्छन् । र आकर्षित देखिने मानिसहरुलाई नै मनपराउँछन् ।
यीनीहरु धेरै बलवान मानिस जस्तो देखिदैंनन् । तर आईपरेमा जस्तो सुकै काम पनि गर्न तयार हुन्छन् । जस्लाई कसैले सोचेको पनि हुदैंन । यस्ता ब्यक्तिले आफ्नो प्रिय ब्यक्ति पाउनको लागि कडा चुनौतिहरुसँग पनि लड्न सक्छन् ।
यीनीहरुको विचार एकदम खुल्ला किसीमको हुन्छ । सत्य तर तितो कुरालाई सिधा भनेमा यीनीहरु मान्दछन् । तर् घुमाईफिराई भनेको कुरा सुन्न मनपराउँदैनन्।
यस्ता ब्यक्तिहरु पार्टिहरुमा मान्छेहरुसँग बस्न रुचाउँछन् । सबैलाई साथमा लिएर हिड्ने यीनीहरुको बानी हुन्छ । सबैको हेरविचार गर्ने हुन्छन् । यीनीहरुमा एउटा नराम्रो बानीको रुपमा चाडैं रिसाउने स्वभाव हुन्छ ।