एजेन्सी, वास्तुशास्त्रको अनुसार यदि अध्ययन कक्ष सही दिशामा छैन भने यसले बच्चाको पढाई पनि प्रभावित हुने गर्दछ । जसले गर्दा जति मेहनत गरे पनि वास्तुदोषको कारण मेहनतको अनुरूप परिणाम प्राप्त हुदैन ।
त्यसैले बच्चालाई पढ्नको लागि अध्ययन कक्षको दिशामा ध्यान राख्न जरूरी रहेको छ । वास्तु नियमअनुसार बच्चाको पढ्ने कोठा अर्थात् अध्ययन कक्ष उत्तर-पूर्व दिशामा यस प्रकारले हुनु पर्दछ कि पढ्ने बेलामा अनुहार पूर्व या उत्तर दिशा तर्फ हुनुपर्दछ ।
शौचालयको नजिक पढ्ने कोठा हुनु हुदैन । पढ्नको लागि प्रयोग गरिने पुस्तक र्याक या दराज पूर्व या उत्तर दिशामा हुनु पर्दछ । यदि ठाउँको कमिको कारण बेडरूममा पढ्नु हुन्छ भने पढ्नको लागि कुर्सी, लाइब्रेरी र र्याक पश्चिम या दक्षिण-पश्चिम दिशा यानी नैऋत्यमा हुन् जरुरी छ।
तर पढ्दा अनुहार पूर्व या उत्तर दिशा तर्फ नै हुनु पर्दछ । ड्राइंग रूममा पढाई गर्नु हुन्छ भने आफ्नो कुर्सी उत्तर या उत्तर कोणमा राख्न आवश्यक छ । र्याक भने पश्चिम या दक्षिण दिशामा राख्नुहोस् । टेबलमा ल्याम्प राखेर पढ्नु हुन्छ भने टेबल ल्याम्प सधै टेबलको दक्षिण-पूर्व दिशामा राख्नु पर्दछ ।