काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा समेत विघटन हुने सम्भावना रहेको बताएकी छन्। मोरङ पुगेकी मन्त्री तुम्बाहाम्फेले प्रदेशसभा समेत विघटन हुने सम्भावना रहेको बताएकी हुन्।
प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तुम्बाहाम्फेले पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रदेशसभा समेत विघटन हुने अवस्था आएको बताइन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन तर्फ अगाडी बढेपछि त्यसले निम्त्याएका घटनाहरुले प्रदेशसभामा प्रभाव पारेसँगै प्रदेशसभा समेत विघटन हुने अवस्थामा पुगेको उनको भनाई छ।
संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनले बताइन्। यधपी प्रदेशसभा विघटनको अधिकार प्रदेशसभामै रहने उनको भनाई छ।
दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचनको घोषणा गरेको पनि उनले बताएकी छन्।
“दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गर्नुभएको छ।”,उनले भनिन्,”संसद पुनर्स्थापनाबारे अदालतमा विचाराधीन अवस्थामा छ। यस विषयमा म धेरै टिप्पणी गर्दिनँ।” मन्त्री तुम्बाहाम्फेले सरकार सर्वोच्चले गर्ने जुनसुकै निर्णय मान्न तयार रहेको पनि बताइन्।
यस्तै उनले वर्तमान सरकार कामचलाउ भइसकेको पनि बताएकी छन्। तुम्बाहाङ्फेले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम चलाउ भइसकेको बताइन्। संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उनको भनाई छ।