२०२१ मा भुलेर पनि नगर्नुहोस् यी ५ काम, सुख-समृद्धिको कमी हुनेछैन !

वर्ष २०२१ आइसकेको छ। सबैको चाहना हुन्छ कि नयाँ वर्ष सुख-समृद्धिका साथ बितोस्। यदि तपाईंका सबै मनोकामना यो वर्ष पूरा होस् भन्ने चाहनुहुन्छ भने तपाईंले केहि कुराको ध्यान राख्नु आवश्यक हुन्छ। आज हामी तपाईंलाई यस्ता उपायका बारेमा बताउँछौं जसको कारणले तपाईं आफ्नो यो पूरा वर्ष सफल बनाउन सक्नुहुन्छ। जान्नुहोस् यस्ता उपायका बारेमा….

नकारात्मक सोच 

नयाँ वर्ष सुरु भइसकेको छ। यस्तोमा नयाँ वर्ष सकारात्मक सोचका साथ सुरू गर्नुहोस्। यस्तो हुँदा तपाईंको पूरा वर्ष सुखमय हुनेछ। साथै तपाईंको घरमा अँध्यारो नहोस्, घरलाई सधैं उज्यालो राख्नुहोस्।

सिसाको चिज नफुटोस् 

नयाँ वर्षमा सावधान रहनुहोस् कि तपाईंको घरमा कुनै सिसाको सामान नफुटोस्। वास्तवमा, सिसाको चिज फुट्नु दुर्भाग्यको संकेत मानिन्छ।

पर्स खाली नराख्नुहोस् 

नयाँ वर्षको सुरूमा घरको धन राख्ने ठाउँ खाली नराख्नुहोस्। त्यस्तै, आफ्नो पर्स पनि खाली नराख्नुहोस्। घरको धन राख्ने ठाउँ र तपाईंको पर्समा पैसा राख्नुहोस्। यसो गर्नाले वर्षभर धनको अभाव हुँदैन।

ऋण नलिनुहोस् 

नयाँ वर्षको सुरूमा कसैसँग ऋण नलिनुहोस्। यसो गर्नाले तपाईंको आर्थिक स्थिति वर्षभर ठिक रहनेछ। यदि सम्भव छ भने, वर्षको सुरुमा पैसाको कुनै पनि लेनदेन नगर्नुहोस्।

धारिलो समानको प्रयोग नगर्नुहोस् 

नयाँ सालमा कैंची र धारिलो चिज प्रयोग गर्नु हुँदैन किनकि यसले समृद्धिलाई कम गर्छ। नयाँ वर्षमा यी चिज घरमा ल्याउँनु शुभ हुँदैन।

प्रकाशित : सोमबार, पुष २०, २०७७१९:००

डीएसपी भइन् छोरी, गर्वका साथ इन्स्पेक्टर बुबाले सलाम गरे !