काठमाडौँ : पौष्टिक तत्वले भरपूर अन्डालाई लिएर बेलाबेलामा चर्चा हुने गरेको छ कि अण्डा वास्तवमा शाकाहारी भोजन हो या मांसाहारी । कतिपयले यसलाई शाकाहारी भोजन मान्ने गरेको भएपनि कतिपयले भने अण्डा मांसाहारी भोजन अन्तर्गत नै पर्ने निष्कर्ष निकालेका छन। एक अध्ययनले बताएअनुसार अण्डा मांशाहारी र शाकाहारी दुवै अन्तर्गत पर्छ।
गाउँ घरतिर पाइने लोकल कुखुराको अण्डा मांशाहारी अन्तर्गत पर्छ भने बजारमा पाइने अण्डा शाकाहारी अन्तर्गत नै पर्छ। जुन अण्डाबाट चल्लाहरु बन्न सक्दैनन् ती अण्डाहरु बतासे अण्डा हुन्। यी अण्डाबाट बच्चा नहुने भएकै कारणले गर्दा पनि यस्ता अण्डाहरुलाई शाकाहारी मान्ने गरिन्छ। जुन अण्डा गर्भाधान भइ बच्चा हुन्छ त्यस्ता अण्डा भने मांशाहारी हुन्।
सामान्य अर्थमा यो पनि बुझ्न सकिन्छ गाई भैसीले दिने दुध पनि शाकाहारी हुन्।अण्डामा पहिलो तह बाहिरी बोक्रा, जो कडा हुन्छ र जसलाई खान सकिँदैन । दोश्रो सेतो भाग जसमा धेरै मात्रामा प्रोटिन हुन्छ । अनि तेश्रो सबैभन्दा भित्रको पहेँलो भाग हुन्छ, जसमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याटलगायत तत्वहरु हुन्छन् ।
अण्डाको सेतो भागमा प्राणीको कुनै हिस्सा नहुने भएकाले त्यसलाई पूर्णरुपमा शाकाहारी मानिएको छ । तर गर्भाधान भई बच्चा बन्न सक्ने अवस्थामा बाहेक अन्यथा अण्डाको पहेँलो भाग पनि शाकाहारी नै मानिएको छ । यसर्थ नकोरेलिने बतासे अण्डालाई शाकाहारी भोजन मान्ने गरिएको छ।