पुदिनाको प्रयोग बिशेष गरी विभिन्न रोगको हर्बल उपचारको लागि प्रयोग गर्ने गरिन्छ। यसमा ज्यादै नै ताजा र मिठो सुगन्ध पाईन्छ जसले गर्दा मनलाई तुरुन्तै ताजा बनाउन सकिन्छ। यसलाइ चियामा प्रयोग गरेर खानाले पनि स्वास्थ्य लाई निकै नै फाइदा पुग्ने देखिन्छ। पुदिनाको प्रयोग बढी मात्रामा गरे यसले शरीरमा साइड इफेक्ट निम्त्याउन सक्छ साथै यसलाई थोरै मात्रामा औसधिको रुपमा प्रयोग गर्ने हो भने यसबाट निकै नै फाइदा उठाउन सकिन्छ। पुदिनालाई घरमा औसधिको रुपमा प्रयोग गर्न सकिन्छ र यस बाट भरपुर मात्रामा फाइदा उठाउन सकिन्छ , पुदिना के के का लागि फाइदाजनक छ त जानी राखौं ;
–पाचन प्रणालीमा सहयोग
धेरै अध्ययनले यो पत्ता लगाएको छ कि पुदिनाको प्रयोगले पाचन प्राणीमा सुधार ल्याउन मदत गर्दछ । यसले विभिन्न प्रकारको पेटमा रहेको किटाणुसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि राख्दछ। यसको प्रयोगले पेट सम्बन्धि सम्पूर्ण समस्या जस्तै; पेट दुख्ने , भारि हुने , पाचन सम्बन्धि समस्या आदिलाई रोकथाम गर्न सहयोग गर्दछ। फलस्वरूप पुदिनाको पातलाई दैनिक खाने खानामा साथै चियामा पनि प्रयोग गर्न सकिन्छ।
-टाउको दुखाई तथा तनावबाट छुटकारा
पुदिनाले टाउको दुख्ने , चिन्ता लाग्ने साथै माईग्रेन हुने जस्ता समस्या बाट छुटकारा दिने गर्दछ। यो टाउको दुखाइको समस्या हुनेका लागि एकदम गज्जबको औषधि हो। पुदिनाको तेलले टाउकोमा हल्का संग मसाज गर्नाले धेरै नै राहतको महसुश गर्न सकिन्छ र पुदिनावाला चिया पिउनाले पनि टाउको दुख्ने समस्याबाट अलिकति भए पनि छुटकारा पाउन सकिन्छ। यसको प्रयोगले थकान र चिन्ताबाट पनि मुक्त हुन सहायोग पुग्दछ। पुदिनामा भएको मेन्थोलको कारणले गर्दा पनि मांशपेशीमा राहत दिन्छ र टाउको दुख्ने समस्याबाट मुक्ति मिल्दछ।
-स्वास गन्हाउने समस्याबाट छुटकारा
पुदिनाले ताजापनको अनुभूति दिने गर्दछ , यसले स्वास गन्हाउने समस्याबाट पनि छुटकारा दिने काम गर्दछ। मेन्थोलले ताजगीको महसुश गराउने गर्दछ। धेरै जसो माउथ फ्रेश्नर्स हरुमा पुदिनको नै प्रयोग भएको पाईन्छ जसले दुषित स्वास संग लड्ने क्षमता राख्दछ। पुदिन्म हुने antibacterial गुणका कारण मुख गन्हाउने समस्याका किताणुहरुलाई नष्ट गर्न सहयोग गर्दछ।
-दाँत सम्बन्धि समस्याको समाधान
पुदिनाले दांत सम्बन्धि सम्पूर्ण समस्याको समाधान गर्ने गर्दछ , मौखिक स्वास्थ्यको लागि वास्तबमै एकदम राम्रो रहेको छ। यसमा रहेको एन्टी ब्याक्टेरियल गुणका कारणले मुखमा भएको प्लेग तथा अन्य किटाणुसंग लड्ने क्षमता राख्दछ। यसको प्रयोग धेरै टूथपेस्ट हरुमा पनि गरिएको पाईन्छ यसमा भएको फरक फरक गुण क कारणले मौखिक स्वस्थ ली लाभदायक हुने गर्दछ पुदिनाको प्रयोग।