क्यान्सरबाट मुक्ति दिलाउने खोज अनुसन्धानको क्रममा बैज्ञानिकहरुले एउटा उपलब्धि हासिल गरेका छन् । भारतको कोच्चिस्थित अमृता युनिभर्सिटिको बैज्ञानिकहरुले यस उपकरणलाई पत्ता लगाएका हुन् । जस्को मद्धतले तपाइँलाई क्यान्सरको जानकारी पाउन अस्पताल जानुपर्ने झन्झट रहदैंन । ३० मिनेटमा नै तपाइँले क्यान्सर छ छैन पत्ता लगाउन सक्नुहुन्छ ।
आजभन्दा चार बर्ष पहिले कोच्चीस्थित अमृता युनिभर्सिटिको नैनो मेडिसन केन्द्रको बैज्ञानिक शान्तिकुमार वी. नायर र मंजुर कोयाकूट्टी खानामा भएको दुषित पदार्थ पत्ता लगाउन एक लेजर ( कुनै एक दिशामा तेजिलो प्रकाश दिने यन्त्र ) को प्रयोग गरिरहेका थिए । यसैसम्बन्धि काम गर्ने क्रममा उनले खाद्यपदार्थमा केही लक्षण पत्ता लगाए । त्यसपछि उनले थाहा पाएकी यस लेजर विधिलाई मानिसको क्यान्सर सेल्सको पत्ता लगाउन प्रयोग गर्न सकिन्छ । त्यसैको परिणाम स्वरुप लेजर विधिको एउटा सामानको आविस्कार गरिएको छ । जस्को प्रयोगबाट अस्पताल नगइकनै ३० मिनेटमा नै कसैलाई क्यान्सर छ छैन पत्ता लगाउन सकिन्छ । तर यस सामानको निर्माण भइसकेको छैन । यस्को लागि अझ दुई बर्ष कुर्नुपर्ने हुन्छ । यस सामानलाई बनाउन शान्तिकुमार सहित ३ बैज्ञानिकहरु क्रियाशील छन् ।
क्यान्सर पत्ता लगाउनेमा लेजर र नैनो सब्सट्रेक्ट विधिको प्रयोग गरिनेछ । जस्को मद्धतले क्यान्सर सेल पत्ता लगाउन सकिन्छ । लेजरको प्रयोगले कोशिकाको प्रकृतिको बारेमा पढ्ने क्रम कुनै नयाँ कुरा होइन । तर वर्तमान विधिबाट सकेंत आएको छ कि त्यो एकदम कमजोर हुन्छ । र त्यसको विश्लेषण गर्न धेरै गाह्रो छ । नैनो सब्सट्रेक्ट विधिले यस समस्याको निराकरण गर्नेछ । उनले यस कामलाई पूरा गर्न अवश्य मद्धत गर्नेछन् ।
युनिभर्सिटिको बायोटेक्नोलोजी विभागले यस परियोजनामा सामानको निर्माणको लागि ६० लाख रुपैंयाको बजेट छुट्टाएको छ । यदि यस कामलाई पुरा गर्न सकिएमा यस सामानको मूल्य १० लाख रुपैंया हुनेछ ।