हामी गर्मी महिनामा पानी भन्दा बढी चिसो पिय पिउन मनपराउने गर्छौं। यदि तपाईहरु घरबाट बाहिर निस्किदा गर्मी कारण धेरै चिसो कुराहरु खाने गर्नुभएको छ भने यसले स्वास्थ्यमा ठूलो असर गर्न सक्छ। यसरी बढी चिसो पिय खाने गर्दा मोटोपन र मधुमेहको आउनुको साथै तपाईको किडनीको लागि समेत हानिकारक हुने गर्छ। आज हामी तपाईहरु बढी मात्रामा पिय सेवन गर्दा महिलाहरुमा हुने असर बारे जानकारी गराऊन जाँदै छौँ ।
१. कोल्ड ड्रिंक्समा हुने एसिडिक लिक्विड र फस्फोरस एसिड मात्राले तपाईको शारिरिक प्रणालीलाई घन्टौंसम्म बन्द गर्ने गर्छ। यस विषयमा महिलाहरु बढी मात्रामा साबधान हुनुपर्ने कारण यस्ता चिसो पियले उनीहरुमा किड्नीसंग सम्बन्धित समस्याहरु बढी मात्रामा आउने गर्छ।
२. जब महिलाहरु गर्मीको समयमा घरबाट बाहिर निस्किन्छन उनीहरु पानी भन्दा बढी अन्य चिसो पिय रुचाउने गर्दछन्। तर यदि तपाईहरु आफूलाई बिरामी हुनबाट जोगउन चाहनुहुन्छ भने चिसो पिय खाएपनि कमै मात्रामा खाने गर्नुहोस किनकि तपाईहरु जति स्वास्थ्य रहन सक्नुहुन्छ तेतीनै खुशी समेत रहन सक्नुहुन्छ।
३. पानी मनपर्दैन भने अपनाऊनुस यी उपाय :
यदि तपाईलाई यस गर्मिको मौसममा सामान्य पानी पिउन मनपर्दैन भने जुस, कागती पनि ,नरिवल पनि आदी बनाएर खान सक्नुहुन्छ जसले तपाईलाई स्वस्थ रहन मद्धत गर्छ। यसले तपाईको किड्नीलाई समेत फाइदा गर्ने र शरिरमा रहेका विषक्त चिजहरुलाई यूरिन मार्फत बाहिर ल्याउने काम गर्छ। त्यसैले जीवनभर स्वस्थ र खुशी रहन चिसो पियहरु कम खाने गर्नुपर्छ।