काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च हुन थालेको छ। हिजो सोमबार काठमाडौँको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको पुगेको थियो जुन आइतबारको तुलनामा दोब्बर हो। आइतबार काठमाडौँको एक्युआई १७३ थियो।
मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र अत्याधिक वायु प्रदुषण उच्च भएको हो। अत्याधिक वायु प्रदुषण भएको कारण विभिन्न समस्या देखा पर्न अकने भन्दै जनस्वास्थ्य विज्ञले घरबाहिर ननिस्कन समेत आग्रह गरेका छन्। विज्ञहरुले वायु प्रदुषण उच्च रहेकोले आज र भोलि घरबाहिर ननिस्कन आग्रह गरेका हुन्।
२४ घण्टामै दुई सय प्रतिशतभन्दा बढीले खराब भएको वायुको गुणस्तरले गर्दा सडकमा हिँड्दा आँखा पिरो–पिरो हुने पैदल यात्रुले अनुभव गरे। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएकाे जनाएको छ।