२०२० को वर्ष एक पेशेवर फुटबलरको रूपमा आफ्नो स्तर अनुसार लियोनल मेस्सीको लागि निकै खराब रह्यो। बार्सिलोनाका सबैभन्दा महान खेलाडी एउटा पनि ट्रफी जित्न असफल भए र सिजनको अन्त्यमा बार्सिलोना छाड्ने विषयमा पनि चर्चामा रहे।
३३ वर्षीय बार्सिलोनाका कप्तान गत वर्ष सबै प्रतियोगितामा ५० गोल (२६ गोल र २४ असिस्ट) मा संलग्न रहे जुन युरोपको शीर्ष पाँच लिगमा मात्र रोबर्ट लेवन्डोस्कीको कम हो। यद्यपि फ्रान्सेली पत्रिका एल’इक्युपेको नजरमा भने उक्त योगदान आफ्नो २०२० को वर्ल्ड इलेवनमा स्थान सुरक्षित गर्न पर्याप्त रहेन।
यस्तो छ एल’इक्युपेको २०२० को वर्ल्ड इलेवन
ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, भर्जिल भनडाइक, थियागो र केभिन डी ब्र्युएन बेस्ट-११ मा पर्न सफल चार प्रिमियर लिगका स्टार हुन्।
सबैभन्दा धेरै जर्मन क्लब बार्यन म्युनिखका छन्। बार्यनका चार खेलाडी: रोबर्ट लेवन्डोस्की, जोसुवा किमिक, अल्फोन्जो डेभिस र मानुएल नुएर छन्।
लालिगाबाट रियल म्याड्रिडका कप्तान सर्जियो रामोसबाट परेका छन्। त्यस्तै, रोनाल्डो र नेइमार क्रमश: सरी-ए र फ्रेन्च लिगका एक मात्र सुपरस्टार हुन्।